रसुवा बाढीमा सिन्धुलीका ३८ जना सम्पर्कविहीन  

0
Shares

सिन्धुली ।

 रसुवामा आएको विनासकारी बाढी पछि सिन्धुलीका ३८ जना सम्पर्क विहीन भएका छन् । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार रसुवामा ट्रक चालक, जलविद्युत् आयोजना तथा हाइड्रोपावरमा कार्यरत श्रमिक, होटलमा काम गर्ने तथा अन्य रोजगारीमा रहेकाहरु सम्पर्क विहीन भएका हुन् । 

परिवार वा आफन्तले दिएको जानकारी अनुसार सम्पर्क विहीन ३८ जनाको विवरण सार्वजनिक गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी दिपेँन्द्र पौडेलले जानकारी दिनुभयो । 

सार्वजनिक विवरण अनुसार सबैभन्दा बढी कमलामाई नगरपालिकाका १९ जना, दुधौली नगरपालिकाका ४ जना, तीनपाटन गाउँपालिकाका ४ जना, सुनकोशी गाउँपालिकाका ५ जना, मरिण गाउँपालिकाका २ जना, फिक्कल, हरिहपुरगढी र गोलन्जोर गाउँपालिकाका एक एक जना सम्पर्क विहीन भएका छन् । 

सम्पर्कविहीन हुनेहरुमा त्रिशुली–३ ए जलविद्युतमा कार्यरत कमलामाई नगरपालिका वडा नम्बर १ का राजेन्द्र ढकाल, त्रिशुली हाइड्रो पावर, रसुवामा कार्यरत हेम प्रसाद गौतम, कमलामाई नगरपालिका.–११ का लक्ष्मण सापकोटा, राज कुमार श्रेष्ठ, बुद्धि विक्रम थापा, बल बहादुर भक्त बहादुर माझी, सोम बहादुर माझी, भरत माझी, शंकर खत्री, टक बहादुर श्रेष्ठ, विष्णु बहादुर श्रेष्ठ, प्रेम बहादुर घलान, कमलामाई नगरपालिका –६ का खगेन्द्र मगराती, कमलामाई नगरपालिका ९ का केबुल बहादुर थापा, पाण्डब भण्डारी दिपेन्द्र न्यौपाने, कमलामाई न.पा.–११ का सुनिल माझी, राजन रसाइली सम्पर्कविहीन रहेका छन् । 

दुधौली न.पा.–४ का कुमार भन्ने मोहन विक्रम थापा दुधौली न.पा.–१, गिजिह्यानिका हरि भन्ने दीर्घ बहादुर कार्की , दुधौली न.पा.–१३, जलकीने फलाम सिह सुनुवार, दुधौली न.पा.–२, हत्पते डाडाका लाल बहादुर पुलामी मगर सम्पर्क विहीन रहेका जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जनाएको छ । 

तिनपाटन गा.पा.–९, वतासेका पदम बहादुर मसाङ्गी मगर, तिनपाटन गा.पा.–९, वतासेका नैन बहादुर मसङ्ग्रा मगर, तिनपाटन गा.पा.–९, वतासे छत्रबहादुर लामिछाने, तिनपाटन गा.पा.–१ बुद्धि बहादुर थापा मगर सम्पर्कमा आएका छैनन् । 

सुनकोशी गा.पा.–२ अमर यादी मगर, प्रवीण बुर्जा मगर, सुमन बुर्जा मगर, सबिन बुर्जा मगर सुनकोशी गा.पा.–७ का नेत्र बहादुर स्याङ्वा तामाङ सम्पर्कविहीन भएका छन् । 

मरिण गा.पा.–३, बरुणका संचमान मुक्तान, बरुणकै रामे जिम्बा पनि सम्पर्क विहीन रहेका छन् । फिकल गाउँपालिका.–२ का दिनेश भन्ने खिलनाथ आछामी, हरिहरपुरगढी गा.पा.–४ का फुरस्याङ स्याङ्तान पनि परिवारको सम्पर्कमा आएका छैनन् । 

घ्याङलेख गाउँपालिकाका बिपिन कुमार गोले र गोलन्जोर गाउँपालिका १ का जीत बहादुर पहरी पनि सम्पर्कविहीन भएका छन् । बाढी आएको दुई दिन समय वित्दा सम्म आफ्नो आफन्त सम्पर्कमा नआए पछि परिवारहरुमा चिन्ता बढेको छ ।