रक्षाबन्धन विज्ञापनमा कृति सेननको पहिरन विवादमा


मुम्बई —

बलिउड अभिनेत्री कृति सेननको नयाँ रक्षाबन्धन विशेष विज्ञापन सामाजिक सञ्जालमा विवादको विषय बनेको छ। गहना ब्रान्ड जीवाको ‘फरएभर सिब्लिङ’ अभियानमा कृति अफ–ह्वाइट ब्रालेट शैलीको ब्लाउज, केप र ड्रेप गरिएको स्कर्टमा देखिएकी छन्। विज्ञापनमा उनले भाइसँग रक्षाबन्धन मनाउनुका साथै आफ्नो पाल्तु कुकुरलाई समेत राखी बाँधेको देखाइएको छ। गि कृतिको पहिरन उपयुक्त नभएको भन्दै आलोचना गरेका छन्। केहीले विज्ञापनले पर्वको परम्परागत स्वरूपलाई हल्का बनाएको आरोप लगाएका छन् भने कतिपयले पूजाको थाली र अन्य परम्परागत विधि नदेखाइएको विषयमा समेत प्रश्न उठाएका छन्।

तर कृतिको समर्थन गर्नेहरू पनि उत्तिकै देखिएका छन्। उनीहरूले विज्ञापनलाई आधुनिक ढंगले प्रस्तुत गरिएको बताएका छन् र महिलाको पहिरनलाई लिएर अनावश्यक नैतिक निगरानी गरिएको टिप्पणी गरेका छन्। पाल्तु जनावरलाई परिवारको सदस्यका रूपमा प्रस्तुत गर्ने अभियानको अवधारणालाई पनि केही प्रयोगकर्ताले समर्थन गरेका छन्। कृति सेनन वा जीवा ब्रान्डले अहिलेसम्म विवादबारे आधिकारिक प्रतिक्रिया दिएको छैन।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।