‘सर्भेयर पेशलाई व्यवस्थित गरौैं, अवसर साघुरो नबनाऔं’



इञ्जिनियर ऋषि कोइराला नेपाल बीमा सर्भेयर संघका अध्यक्ष हुनुहुन्छ।नेपाल बीमा प्राधिकरणले ल्याएको बीमा निर्देशिका सर्भेयर सम्बन्धी निर्देशिकामा केही प्रावधानलाई लिएर अहिले सर्भेयर संघले असहमति व्यक्त गर्दे आएको छ।निर्देशिकामा असहमतिका विषय, बीमा सर्वेयरको पेशागत हकहित,क्षमता अभिवृद्धि तथा पेशालाई व्यवस्थित र मर्यादित बनाउने अभियानमा विषयमा अध्यक्ष कोइरालासंग नेपाल समाचारपत्रका सुनील महर्जनले गरेको कुराकानीको सम्पादित अंशः–

बीमा सर्भेयर संघमा को को आबद्ध हुन्छन्?
हाम्रो बीमा सर्भेयर संघमा मुख्यतः बीमा कम्पनीबाट खटाइएका सर्भेयरहरू आबद्ध हुनुहुन्छ।सर्भेयरको मुख्य काम भनेको बीमितको सम्पत्तिमा क्षति भएपछि त्यसको वास्तविक अवस्था हेरेर क्षतिको मूल्यांकन गर्नु हो।सामान्यतया इन्जिनियरिङ क्षेत्रमा अध्ययन गरेको व्यक्ति,चार्टर्ड एकाउन्टेन्ट (सीए) सम्बन्धी काम गरेको व्यक्ति वा बीमा क्षेत्रमा लामो समय, विशेषगरी १० वर्षको अनुभव भएको व्यक्तिले आवश्यक प्रक्रिया पूरा गरेर सर्भेयरकोे रूपमा काम गर्न पाउने व्यवस्था छ।पहिले बीमा समितिले यस्तो काम हेथ्र्यो, अहिले बीमा प्राधिकरणले हेर्छ।प्राधिकरणले तोकिएको योग्यता र अनुभव भएका व्यक्तिलाई सर्भेयरको लाइसेन्स दिने गर्छ।

सर्भेयरहरुको मुख्य काम के हो ?
कुनै व्यक्तिले आफ्नो घर, व्यवसाय वा अन्य सम्पत्तिको बीमा गरेको छ र त्यसमा क्षति भयो भने उसले बीमा कम्पनीमा दाबी गर्छ।त्यसपछि बीमा कम्पनीले आवश्यकता अनुसार सर्भेयर खटाउ“छ।बीमा प्राधिकरणबाट सूचीकृत भएका सर्भेयरहरूमध्येबाट बीमा कम्पनीले आवश्यकता अनुसार सर्भेयरहरु खटाउ“छ।सर्भेयरले सम्बन्धित स्थानमा पुगेर क्षति के कारणले भयो, कति क्षति भयो, बीमा नीतिले त्यसलाई समेट्छ कि समेट्दैन भन्ने लगायतका विषय अध्ययन गर्छ।त्यसपछि सर्भेयरले आफ्नो अध्ययन र मूल्यांकनका आधारमा प्रतिवेदन तयार गरेर बीमा कम्पनीमा पठाउ“छ।त्यो प्रतिवेदनका आधारमा बीमा कम्पनीले बीमितलाई दाबी भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाउ“छ।त्यसैले सर्भेयरको भूमिका बीमित र बीमा कम्पनीबीच क्षतिको वास्तविक मूल्यांकन गर्ने महत्वपूर्ण कडीका रूपमा रहन्छ।

निर्जीवन बीमाको क्षेत्रमा सर्भेहरु कुन–कुन क्षेत्रमा काम गर्छन् ?
नेपालमा निर्जीवन बीमाको क्षेत्र निकै व्यापक छ।सबैभन्दा धेरै मोटर बीमा हुने गरेको छ।त्यसपछि घर तथा सम्पत्तिको बीमा, भूकम्प तथा अन्य प्राकृतिक विपत्तिबाट हुने क्षतिको बीमा पनि हुन्छ।अहिले निर्माण क्षेत्रमा पनि बीमा अनिवार्य गर्ने प्रक्रिया अघि बढाएको छ।त्यसैगरी मरीन अर्थात् समुद्री तथा मालसामान ढुवानी सम्बन्धी बीमा हुन्छ।विदेशबाट सामान ल्याउ“दा बाटोमा कुनै क्षति भयो,सामान बिग्रियो वा हरायो भने त्यसको जोखिम पनि बीमाले समेट्छ।हवाई बीमा, चोरी तथा मेसिनरीसंग सम्बन्धित विभिन्न जोखिमको पनि बीमा हुन्छ।ती मध्ये मोटर बीमा एउटा प्रमुख क्षेत्र हो।अहिले सर्भेयरहरूले मोटर बिमासंगै यी विभिन्न क्षेत्रमा काम गरेर बीमा क्षेत्र र समग्र रूपमा राज्यलाई सहयोग गरिरहेका छन्।

बीमा प्राधिकरणले हालै ल्याएको ‘बीमा सर्भेयर सम्बन्धी निर्देशिकालाई यहाले कसरी लिनुभएको छ?
विगतमा सर्भेयरको पेशालाई व्यवस्थित गर्ने स्पष्ट निर्देशिका थिएन।अहिले भने बीमा प्राधिकरणले सर्भेयरको कामलाई व्यवस्थित गर्न २०८३ सालमा ‘बीमा सर्भेयर सम्बन्धी निर्देशिका’ ल्याएको छ।सर्भेयरले कसरी काम गर्ने, उसको जिम्मेवारी के हुने भन्ने विषयमा स्पष्ट व्यवस्था हुनु सकारात्मक पक्ष हो।तर निर्देशिका आएपछि पनि हामीले केही विषयमा सुधार आवश्यक देखेका छौं।हाम्रो संस्था सर्भेयरको पेश्ँँलाई अझ व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउनुपर्छ भन्ने मान्यतामा छ।त्यसैले अहिलेको आवश्यकता भनेको सर्भेयरको कामलाई अझ स्पष्ट, पारदर्शी र व्यावसायिक बनाउनु हो।सर्भेयर स्वतन्त्र रूपमा काम गर्न सक्ने वातावरण,उसको योग्यता र जिम्मेवारीको स्पष्टता तथा व्यावसायिक मर्यादा कायम हुने व्यवस्था हुनुपर्दछ।निर्देशिकाले यसलाई राम्ररी सम्बोधन गर्न सकेन।केही बु“दाहरुप्रति हाम्रो गम्भीर असहमति रहेको छ।
बीमा सर्भेयर सम्बन्धी निर्देशिकामा तपाईंहरूको मुख्य असहमति के के हो?
पहिलो २०४९ सालमा कानुन र न्यायालयको व्याख्या अनुसार बीमा प्राधिकरणले लिएको परीक्षा पास गरेर प्राधिकरणबाट प्रमाणपत्र लिएको सर्भेयरले जुनसुकै वर्गमा पनि सर्भेयरको काम गर्न सक्ने व्यवस्था थियो।सर्भेयरको व्यवस्था २०४९ साल भन्दा अघिदेखि नै थियो, तर २०४९ सालमा आएर त्यसलाई अझ व्यवस्थित गर्न खोजिएको थियो।त्यसपछि सर्भेयरहरूले प्राधिकरणबाट पाएको प्रमाणपत्रका आधारमा आफ्नो काम गर्दै आएका हुन्।२०७९ सालमा आएर फेरि नया“ ऐन जारी भयो।त्यसले सर्भेयरको कामलाई पा“चवटा वर्गमा विभाजन ग¥यो।त्यसपछि २०८१ सालमा नियमावली आयो र ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्दै अब तोकिएको वर्ग अनुसार नै काम गर्नुपर्ने व्यवस्था गरियो।त्यसको दुई वर्षपछि अहिलेको निर्देशिका आएको हो। निर्देशिकाले पनि तीन महिनाभित्र सम्बन्धित वर्ग अनुसारको योग्यता वा प्रमाणपत्र तयार गर्नुपर्ने व्यवस्था ग¥यो।हाम्रो आपत्ति नया“ व्यवस्था लागू गर्ने कुरामा होइन।२०७९ सालपछि परीक्षा दिएर प्रमाणपत्र लिएका नया“ सर्भेयरले तोकिएको वर्ग अनुसार काम गर्नुपर्छ भन्ने कुरामा हाम्रो कुनै आपत्ति छैन।तर २०४९ साल अघि देखि नै राज्यले प्रमाणपत्र दिएर काम गराउ“दै आएका पुराना सर्भेयरलाई अहिले आएर फेरि नया“ वर्ग अनुसारको प्रमाणपत्र बनाउन लगाउनु हाम्रो मुख्य विरोध कायम छ।

तीन–चार दशकसम्म मान्यता दिएको प्रमाणपत्रलाई अहिले आएर पुनः नया“ प्रमाणपत्र लिनुपर्ने अवस्था गर्नुनपर्ने हो ?
राज्यले दिएको प्रमाणपत्रकै आधारमा पुराना सर्भेयरहरुले ३०–४० वर्षसम्म काम गरिसक्नुभएको छ।यति लामो समय काम गरेर अनुभव र दक्षता हासिल गरिसकेपछि अहिले आएर फेरि नया“ मापदण्ड बनाएर प्रमाणपत्र लिन बाध्य पार्नु व्यावहारिक देखि“दैन।हिजो राज्यलाई सर्भेयर आवश्यक हु“दा उनीहरुको योग्यता र अनुभव स्वीकार गर्ने,अनि अहिले आएर त्यही प्रमाणपत्रलाई अपूर्ण जस्तो गरेर नया“ प्रमाणपत्र लिन लगाउने कुरा न्यायोचित हु“दैन भन्ने हाम्रो भनाइ हो।त्यसैले पुराना सर्भेयरको हकमा फरक र व्यवहारिक व्यवस्था हुनुपर्छ।उनीहरुको लामो अनुभव र राज्यले नै दिएको पुरानो प्रमाणपत्रलाई मान्यता दिनुपर्छ भन्ने हाम्रो माग हो।

विदेश विशेषज्ञ सर्भेयरहरु ल्याउन सकिने विषयलाई कसरी लिनुभएको छ ?
विदेशी सर्भेयर नेपालमा आउनै हु“दैन भन्ने हाम्रो भनाइ होइन।१०–२० वर्ष अघिदेखि नै विदेशी सर्भेयरहरू नेपालमा आएर ठूला परियोजनामा काम गर्दै आएका छन्।ठूला र विशेष प्रकृतिका परियोजना भएमा आवश्यक स्वीकृति लिएर विदेशी विशेषज्ञलाई काम गराउने व्यवस्था अहिले पनि छ।हामीले त्यसलाई रोकेका छैनौ र राज्यले पनि रोकेको छैन।तर अहिले निर्देशिका मार्फत यसलाई व्यवस्थित गर्ने नाममा विदेशी सर्भेयरलाई स्थायी रूपमा वा संयुक्त लगानीका माध्यमबाट प्रवेश गराउन खोजिएको देखिन्छ।त्यसमा विदेशी पक्षलाई ८० प्रतिशतसम्म र नेपाली पक्षलाई २० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरिएको छ।हाम्रो प्रश्न के हो भने, नेपालमै रहेका सर्भेयरहरूले काम पाउन नसकेको अवस्थामा विदेशी पक्षलाई ८० प्रतिशत सम्मको हिस्सेदारी दिएर ल्याउ“दा नेपाली सर्भेयरको हित कसरी सुरक्षित हुन्छ?

हाम्रो बुझाइमा यो व्यवस्थाले नेपाली सर्भेयर लाई विस्थापित गर्ने जोखिम छ। विदेशी लगानी र विदेशी विशेषज्ञता भित्र्याउने,क्षेत्रलाई थप व्यवस्थित र प्रतिस्पर्धी बनाउने भन्ने सरकारी तर्क हुन सक्छ।तर विदेशी पक्षलाई ८० प्रतिशतसम्मको स्वामित्व दिएर नेपालमा सर्भेयरको व्यवसाय सञ्चालन गर्न दिने हो भने नेपाली सर्भेयर को अवस्था के हुन्छ भन्ने प्रश्न हो।त्यसैले विदेशी विशेषज्ञता आवश्यक परेको ठाउ“मा लिन सकिन्छ,त्यसमा हाम्रो आपत्ति होइन।तर त्यसका लागि स्पष्ट आवश्यकता, मापदण्ड र स्वीकृतिको व्यवस्था हुनुपर्छ।साथै, नेपालमा रहेका सर्भेयर को पेशागत अधिकार र रोजगारीको अवसरलाई पनि सुरक्षित गर्नुपर्छ।

असहमतिका अरु बुदाहरु पनि छन् कि ?
हाम्रो चिन्ता एक, दुईवटा प्रावधानमा मात्र नभई ‘बुढी म¥यो होइन कि काल पल्कियो ’ भनेजस्तो नहोस्। आज एउटा प्रावधान आयो, भोलि त्यसैलाई आधार बनाएर यो पेशालाई नै सा“घुरो बनाउने अवस्था नआओस्।राज्यले यो क्षेत्रलाई व्यवस्थित गर्न खोज्नु राम्रो कुरा हो।राज्यलाई धेरै दक्ष जनशक्ति चाहिन्छ, धेरै मानिसलाई रोजगारी दिनुपर्ने हुन्छ।तर अहिलेको व्यवस्थाले उल्टै सर्भेयरको क्षेत्रलाई सानो बनाउन खोजेको जस्तो देखिन्छ।यो पेशाबाट विस्तारै बाहिर जाऊ भन्ने सन्देश गएको हो कि भन्ने हाम्रो चिन्ता हो।

अर्को कुरा, निर्देशिकाले सर्भेयरले काम सम्पन्न गरेपछि सम्बन्धित कागजात र फाइल लामो समयसम्म सुरक्षित राख्नुपर्ने व्यवस्था गरेको छ।त्यसको अवधि १५ वर्ष तोकिएको छ।हाम्रो विचारमा १५ वर्ष अत्यन्त लामो अवधि हो।सानो सर्भेयर संस्था वा कार्यालयले प्रत्येक फाइल १५ वर्षसम्म सुरक्षित राखेर बस्नुपर्ने कुरा व्यवहारिक हुदैन। बीमा प्राधिकरणले के आधारमा यति लामो अवधि तोकेको हो, त्यो प्राधिकरणले भन्नेछ, तर व्यवहारमा यो निकै कठिन छ।त्यसैले हामीले १५ वर्षको सट्टा पा“च वर्ष बनाउनुपर्छ भनेका छौं।त्यसपछि कामको बा“डफा“टको कुरा छ। हामीले शुरुदेखि नै एउटै सर्भेयरले सयौं काम पाउने र अर्को सर्भेयरले कामै नपाउने अवस्था हुनु हु“दैन भनेर भन्दै आएका छौं। सबैलाई आलोपालोका आधारमा काम दिइनुपर्छ भन्ने हाम्रो माग हो।

यो निर्देशिका कार्यान्वयन गर्दै क्ष्ँेत्रमा सर्भेयरको क्ष्ँेत्रमा कस्तो प्रभाव पार्ने आंकलन गर्नुहुन्छ ?
सबै सर्भेयरले वर्षमा केही न केही काम पाए भने उनीहरू यो पेशामा टिकिरहन्छन्।भोलि भूकम्प वा अरू ठूलो विपत्ति आयो भने हामीलाई धेरै सर्भेयर चाहिन्छन्। भूकम्पको समयमा त सर्भेयरको संख्या अपुग भएर नयँ“ मानिसलाई समेत सर्भेयर बनाइएको थियो।अहिले काम नपाएर सर्भेयरहरु विस्थापित भए भने भोलि फेरि संकटका बेला जनशक्ति खोज्नुपर्ने अवस्था आउछ।

त्यसैले अहिले नै सबैलाई टिकाएर राख्नुपर्छ भन्ने हाम्रो भावना हो।अब निर्देशिकामा व्यक्तिगत रूपमा पा“चवटा र संस्थागत रूपमा दशवटा काम गर्न पाउने भन्ने व्यवस्था छ।तर यहा“ पनि स्पष्टता आवश्यक छ।पा“च र दशवटा काम भनेको एउटा कम्पनीले गर्न पाउने हो कि सम्बन्धित सम्पूर्ण उद्योगका लागि हो?निर्देशिकाको भाषाले यस विषयमा भ्रम सिर्जना गरेको छ।एउटा कम्पनीले पा“च वा दशवटा काम पाउने हो भने एउटा कुरा भयो।तर सबै बीमा, पुनर्बीमा र माइक्रो बीमा कम्पनीका लागि जम्मा पा“च वा दश वटा मात्र भन्ने अर्थ लाग्ने हो भने त्यो व्यावहारिक हु“दैन।त्यसैले यसलाई स्पष्ट रूपमा व्याख्या गरिनुपर्छ।

अर्को महत्वपूर्ण विषय सर्भेयरको योग्यता हो।बीमा क्षेत्रमा काम गरेका व्यक्ति, बीमा कम्पनीमा काम गरेका व्यक्ति वा चार्टर्ड एकाउन्टेन्ट लगायत सम्बन्धित क्षेत्रका अनुभवी व्यक्तिलाई मान्यता दिने कुरामा हाम्रो आपत्ति छैन।हामी त्यसलाई सकारात्मक रूपमा लिन्छौं।तर बीमा कम्पनीमा १० वर्ष काम गरेको अनुभव हु“दैमा सर्भेयर को पेशागत दक्षता स्वतः प्राप्त हुन्छ भन्नेचाहि“ होइन।सर्भेयरको काम छुट्टै प्राविधिक र पेशागत काम हो।कुनै व्यक्तिले बीमा कम्पनीमा काम गरेको छ भने उसले सर्भेयरका रूपमा वास्तवमा के–कस्तो काम गरेको छ,उसको पेशागत दक्षता के हो,त्यसलाई पनि हेर्नुपर्छ।त्यसैले सर्भेयरको योग्यता निर्धारण गर्दा पेशागत संगठन र सम्बन्धित विषयका विज्ञहरूको भूमिकालाई पनि महत्व दिनुपर्छ भन्ने हाम्रो धारणा हो।केवल बीमा कम्पनीमा लामो समय काम गरेको आधारमा सर्भेयर बनाउने व्यवस्था उपयुक्त हु“दैन।

व्यक्तिगत र संस्थागत रुपमा कामको सीमा तोकिएकोमा आपत्ति किन ?
पहिले सर्भेयर लाई विभिन्न वर्गमा वर्गीकरण गरिएकोमा अहिले त्यसलाई घटाएर तीन वर्गमा सीमित गरिएको छ।यसमा सकारात्मक पक्ष पनि छन्।निर्देशिकाले पहिलोपटक सर्भेयरले कसरी र कुन क्षेत्रमा काम गर्ने भन्ने कुरा केही हदसम्म स्पष्ट गरेको छ।ऐन आयो, नियमावली आयो र त्यसपछि निर्देशिका आयो।यसले पेशालाई व्यवस्थित गर्ने आधार त तयार गरेको छ।पहिले एक जना सर्भेयरले धेरै प्रकारका काम गर्न पाउने व्यवस्था थियो। अहिले भने एउटा मात्र वर्ग वा एउटा मात्र क्षेत्रमा सीमित हुनुपर्ने अवस्था आएको छ।यसले वर्षौंदेखि विभिन्न क्षेत्रमा काम गरेर दक्षता हासिल गरेका सर्भेयरको अनुभवलाई सा“घुरो बनाइदिन्छ।

उदाहरणका लागि, कुनै सर्भेयरले वर्षौंसम्म मोटर बीमाका सयौं केस हेरेको छ, साथै अन्य बीमा क्षेत्रमा पनि काम गरेको छ भने अहिले आएर उसलाई एउटा मात्र क्षेत्रमा सीमित गरियो भने उसको बाकी अनुभवको उपयोग कसरी हुन्छ? हिजो त्यही अनुभवका आधारमा योग्य मानिएको व्यक्ति आज आएर एउटा क्षेत्रमा मात्र सीमित हुनुपर्ने अवस्था आउनु उचित होइन।नया आउने सर्भेयर का लागि नया वर्गीकरण लागू गर्न सकिन्छ।तर पुराना सर्भेयर,जसले वर्षौैंदेखि विभिन्न क्षेत्रमा काम गरेर अनुभव हासिल गरेका छन्,उनीहरूको पुरानो अनुभव र दक्षतालाई पनि संरक्षण गर्नुपर्छ।त्यसका लागि हामीले विभिन्न तालिम र क्षमता अभिवृद्धिका कार्यक्रमहरू पनि गरिरहेका छौं।नया“ कमिटी आएपछि विद्युतीय सवारी साधन अर्थात् इलेक्ट्रिक भेहिकलसम्बन्धी तालिम गरिसकेका छौँ।त्यस्तै, निर्माण सम्बन्धी जोखिम र दाबीको विषयमा पनि सर्भेयर हरूलाई करिब पा“च घण्टाको तालिम दिएका छौँ।अब मरीनतर्फको तालिम पनि व्यवस्थापन गर्ने तयारीमा छौँ।

सर्भेयर क्षेत्रमा के कस्ता विकृति देखिएको गुनासो आउने गरेको छ?
कहिलेकाहीं पेशामा पैसाको चलखेल वा गुणस्तरमा सम्झौता भएको गुनासो आउ“छ।कतिपय अवस्थामा माथिबाटै दबाब आएर कुनै काम गर्नुपर्ने अवस्था पनि हुन सक्छ।तर कुनै एउटा कुराले मात्रै समस्या सिर्जना गर्दैन।एउटा फ्रेम बलियो हुन सबै भाग मिल्नुपर्छ।त्यसैले सर्भेयर को गुणस्तर, काम गर्ने प्रक्रिया र पेशागत आचरण सबै पक्षलाई सुधार गर्नुपर्छ।अहिले कतिपय अवस्थामा फलानो व्यक्ति वा कम्पनीसंग मिलेर काम गरेको हो कि? भन्ने नकारात्मक धारणा बन्ने अवस्था छ।हामी त्यो अवस्थाबाट पेशालाई बाहिर निकाल्न चाहन्छौं।सर्भेयर आफैं निष्पक्ष हुनुपर्छ र अरूलाई पनि निष्पक्ष भएर काम गर्न प्रेरित गर्नुपर्छ।त्यसका लागि निरन्तर तालिम, पेशागत आचारसंहिता र प्रभावकारी अनुगमन आवश्यक छ ।

संघले यस विषयमा सर्वोच्चमा दायर रिटको सुनुवाई अहिले कुन चरणमा पुगेको छ ?
यसै विषयमा हामी सम्बन्धित निकाय समक्ष पटक–पटक ज्ञापनपत्र पनि दिएका छौं।निर्देशिकाका केही व्यवस्था कानुनसंग बाझिएको भन्दै हामीले अदालतमा रिट पनि दायर गरेका छौं।गत श्रावण १९ गते रिट दर्ता गरेका छौं।त्यसको पेसी गत श्रावण २७ गते तोकिएको थियो,तर त्यतिबेला सुनुवाइ हुन सकेन।अहिले फेरि भदौं ३१ गतेका लागि पेसी तोकिएको छ।यो विषय संवैधानिक इजलासमा गएको छ, किनभने निर्देशिकाका केही व्यवस्था मूल कानुनसंग बाझिएको हाम्रो दाबी छ।अब हामी राज्यले पनि हाम्रो कुरा बुझेर समाधान खोज्छ भन्ने अपेक्षामा छौं।

अन्त्यमा केही भन्न छुटेको छ?
हाम्रो उद्देश्य विवाद बढाउने होइन।सर्भेयर पेशालाई व्यवस्थित, मर्यादित र दीर्घकालीन रूपमा बलियो बनाउने हो।सर्भेयरको पेशागत हकहितको संरक्षण गर्ने,पेशालाई व्यवस्थित र मर्यादित बनाउने,सबै सर्भेयर लाई समान अवसर दिलाउने र आवश्यक परेको बेला राज्यलाई दक्ष जनशक्ति उपलब्ध गराउने हाम्रो उद्देश्य हो।

– २०४९ साल अघिदेखि नै राज्यले प्रमाणपत्र दिएर काम गराउ“दै आएका पुराना सर्भेयरलाई अहिले आएर फेरि नया“ वर्ग अनुसारको प्रमाणपत्र बनाउन लगाउनु हाम्रो मुख्य विरोध कायम छ।

-अहिले निर्देशिका मार्फत विदेशी पक्षलाई ८० प्रतिशतसम्म र नेपाली पक्षलाई २० प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। हाम्रो प्रश्न के हो भने, नेपालमै रहेका सर्भेयरहरूले काम पाउन नसकेको अवस्थामा विदेशी पक्षलाई ८० प्रतिशतसम्मको हिस्सेदारी दिएर ल्याउ“दा नेपाली सर्भेयरको हित कसरी सुरक्षित हुन्छ?

– राज्यले यो क्षेत्रलाई व्यवस्थित गर्न खोज्नु राम्रो कुरा हो। राज्यलाई धेरै दक्ष जनशक्ति चाहिन्छ, धेरै मानिसलाई रोजगारी दिनुपर्ने हुन्छ।तर अहिलेको व्यवस्थाले उल्टै सर्भेयरको क्षेत्रलाई सानो बनाउन खोजेको जस्तो देखिन्छ।यो पेशाबाट विस्तारै बाहिर जाऊ भन्ने सन्देश गएको हो कि भन्ने हाम्रो चिन्ता हो।

– निर्देशिकामा व्यक्तिगत रूपमा पाचवटा र संस्थागत रूपमा दशवटा काम गर्न पाउने भन्ने व्यवस्था छ।तर यहा“ पनि स्पष्टता आवश्यक छ।पाच र दशवटा काम भनेको एउटा कम्पनीले गर्न पाउने हो कि सम्बन्धित सम्पूर्ण उद्योगका लागि हो? निर्देशिकाको भाषाले यस विषयमा भ्रम सिर्जना गरेको छ।