ललितपुर ।
राष्ट्रपति रामचन्द्र पौडेलले ७५ वर्ष कुनै पनि शैक्षिक संस्थाका लागि निरन्तरता, प्रतिबद्धता, सेवा र योगदानको इतिहास भएको बताउनुभएको छ । सेन्ट जेभिसर्य स्कुलको ७५ औ स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्र्दै उहाले सो धारणा राख्नुभएको हो ।


उहाले भन्नुभयो–‘ज्ञानको उज्यालो छर्ने सेन्ट जेभियर्सको यात्रा अनुशासन, संस्कार, सेवा, जिम्मेवारी र मानवीय मूल्यलाई शिक्षाको अभिन्न अङ्गका रूपमा अघि बढाएको एउटा गौरवमय इतिहास पनि हो । यस विद्यालयबाट शिक्षित विद्यार्थीहरूले देश तथा विदेशका विभिन्न क्षेत्रमा पुर्याउँदै आएको योगदान अनुकरणीय छ’ ।




शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा मात्र सीमित हुँदैन, शिक्षा व्यक्तिको ज्ञान, चरित्र र जिम्मेवारीबोधको विकास गर्ने सशक्त माध्यम हो । त्यही भएर शिक्षाले व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सहयोग पुग्ने उहाको धारणा थियो ।


सेन्ट जेभियर्स स्कुल जावला खेल र गोदावरीको संयुक्त स्थापना दिवसमा उहाले भन्नुभयो– नेपाल विभिन्न भाषा, संस्कृति, परम्परा र जीवन पद्धतिले समृद्ध देश हो, हामीले दिने शिक्षाले देशको विविधतालाई सम्मान गर्दै विद्यार्थीमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र सह(अस्तित्वको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ
सूचना प्रविधिको द्रुत विकास भएको आधुनिक युगमा हामी कस्तो राष्ट्र निर्माण गर्न चाहन्छौँ र भोलिका लागि कस्तो जनशक्ति आवश्यक पर्छ भन्ने प्रश्नको उत्तर हाम्रो शैक्षिक प्रणालीमै खोजिनुपर्छ ,त्यसका लागि प्रविधिको उच्चतम प्रयोगसँगै समयको मागअनुरूप पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ–उहाको भनाई थियो ।
नैतिकता, अनुशासन, सिर्जनशीलता,सहकार्य,करुणा र सामाजिक उत्तरदायित्व भएका नागरिक निर्माण गर्नु आजको शिक्षाको प्रमुख दायित्व हो साथसाथै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने गरी स्वदेशमै उत्पादन र रोजगारीको अवस्था सिर्जना गर्ने शिक्षा प्रदान गर्नु विशेष रहेको उहाको धारणा थियो ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल फादर लियो अल्फन्स एसजेले विद्यालयले गौरबमय ७५ वर्ष पुरा गरेकोका हामी सबैको लागि खुसीको दिन भएको बताउनुभयो । हामी ७५ वर्ष पुरा गर्नुमा विद्यालय परिवार, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी, पुर्व विद्यार्थीको अल्मुनाई लगायत सबैको महत्वपुर्ण योगदान रहेको छ–उहाँले भन्नुभयो ।
व्द्यिालयका प्रोभिन्सियल रेभरेन्ट फादर सजुमन एसजेले माइलस्टोनको रुपमा स्थापित यस विद्यालयले ७५ वर्ष पुरा गरेकोमा खुसी व्यक्त गर्दै विद्यालय स्थापना गर्न महत्वपुर्ण योगदान दिने फादरहरुको मुख्य योगदान रहेको बताउनुभयो । नेपाल सरकार, स्थानीय सरकार, विद्यार्थी, अभिभावक, पुर्व विद्यार्थीको कारण विद्यालयले शिक्षाक्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।
नेपालको आधुनिक शिक्षा प्रणालीको सुरुवातसँग जोडिएको छ । सोसाइटी अफ जिससु (व्भकगष्तक) द्वारा सञ्चालित सेन्ट जेभियर्स नेपालको पहिलो विद्यालय हो । सन १९५१ मा स्थापना भएको हो ।
१०४ वर्षे राणा शासनको अन्त्यपछि राजा त्रिभुवनले भारतको पटनामा कार्यरत अमेरिकी जेसुइट पादरी फादर मार्शल डी मोरन लाई नेपालमा आधुनिक र गुणस्तरीय शिक्षा प्रदान गर्न आमन्त्रण गर्नुभयो । विद्यालय स्थापना गर्न गोदावरीमा जग्गा प्रदान गरिएको थियो ।
गोदावरीमा सेन्ट जेभियर्स स्कुल गोदावरी को स्थापना भयो । शुरुमा जहाँ सुरुमा ६५ जना छात्रहरू भर्ना भएका थिए हाल गोदावरी र जावलाखेलमा गरी करिब ३ हजार विद्यार्थी अध्ययनरत छन् । गोदावरीमा स्थापना भएको ३ वर्षपछि सन, १९५४ मा जावलाखेलमा स्थापना भएको थियो । गोदावरी स्कुलको प्राथमिकतहलाई ललितपुरको जावलाखेलमा सारिएको थियो । जावलाखेलमा रहेको एउटा पुरानो राणा दरबारमा विद्यालय सञ्चालन भएको इतिहास छ ।
नेपालमा अंग्रेजी माध्यमको आधुनिक शिक्षाको जग बसाल्न ठुलो भूमिका खेल्यो। यहाँबाट दीक्षित भएका छात्र–छात्राहरूले नेपालको राजनीति, कर्मचारीतन्त्र, सेना, चिकित्सा, र विभिन्न सामाजिक क्षेत्रमा कार्यरत छन् । विद्यालयको ७५ वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा लगातार २५ वर्ष कार्यरत शिक्षक, कर्मचारी र पहिलो ब्याचका दुई विद्यार्थीलाई सम्मान गरेको थियो ।











प्रतिक्रिया