काठमाडौँ । मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण आज देशभर मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बदली रहनेछ भने अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा पनि सामान्यदेखि आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा गण्डकी र लुम्बिनीका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
सुदूरपश्चिमका थोरै स्थान तथा गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली–पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हावाहुरीको समेत सम्भावना रहेको छ।
आज राति पनि सुदूरपश्चिमसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका हिमाली भूभागमा सामान्य बदली रहने तथा विभिन्न स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।











प्रतिक्रिया