आफ्नै छोरीलाई बलात्कार गरी गर्भवती बनाउने बुवा पक्राउ

46.81k
Shares

डोटी।

डोटीमा आफ्नै छोरीलाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आफ्नै २० वर्षीय छोरीलाई बलात्कार गरेर गर्भवती बनाएको आरोपमा ४८ वर्षीय बुवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आफन्तहरूका अनुसार युवतीको स्वास्थ्यमा समस्या आएपछि शुक्रवार जिल्ला अस्पताल डोटीमा उपचारका लागि लगिएको थियो। चेकजाँचपछि युवती गर्भवती भएको खुलेको हो ।

आफन्तहरूले सोधपुछ गर्दा युवतीले आफ्नै बुवाले जबरजस्ती शारीरिक सम्बन्ध राखेको बताएकी थिइन् । युवती गर्भवती भएको १० साता पुगेको स्रोतले जनाएको छ ।

आरोपी बुवालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक सुवर्ण चन्दले जानकारी दिनुभयो । घटना संवेदनशील भएकाले थप विवरण नखुलाइएको उहाँको भनाइ छ ।