इजिप्टकी चर्चित टेलिभिजन प्रस्तोता साराले आफ्‌नो मृत्युदण्डविरुद्ध अपिल गर्ने

इजिप्टकी चर्चित टेलिभिजन प्रस्तोता सारा खलिफालाई लागूऔषध उत्पादन तथा तस्करीसम्बन्धी मुद्दामा मृत्युदण्ड सुनाइएपछि उनका वकिलले फैसलाविरुद्ध अपिल गर्ने बताएका छन्। कानुनी विज्ञहरूले पनि यो मुद्दा अझै अन्तिम चरणमा नपुगेको बताएका छन्।

कायरोको एक अदालतले शनिबार खलिफासहित १२ जनालाई कृत्रिम लागूऔषध उत्पादन तथा तस्करीको ठूलो सञ्जाल सञ्चालनमा संलग्न भएको अभियोगमा मृत्युदण्ड सुनाएको हो। खलिफा निजी टेलिभिजन च्यानल अल–मेहरवरमा प्रसारित अपराधसम्बन्धी कार्यक्रम ‘मिसन इम्पोसिबल’ सञ्चालन गरेपछि चर्चामा आएकी थिइन्। उनी कार्यक्रम सञ्चालनसँगै कार्यक्रम व्यवस्थापनसम्बन्धी व्यवसायमा पनि संलग्न थिइन्।

मृत्युदण्ड सुनाइएकाहरूलाई जनही ५ लाख इजिप्टियन पाउन्ड जरिवाना पनि तोकिएको छ। यस मुद्दामा अन्य नौ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ भने सात जनालाई सफाइ दिइएको छ।

खलिफाका भाइ मोहम्मद खलिफालाई पनि लागूऔषध उत्पादन तथा परीक्षणमा संलग्न भएको अभियोगमा मृत्युदण्ड सुनाइएको छ। खलिफाका कानुनी प्रतिनिधि मोहम्मद अल–गेन्डीले फैसलाविरुद्ध अपिल गर्दै उपलब्ध सबै कानुनी बाटो अपनाउने बताएका छन्।

उच्च फौजदारी अदालतले मुद्दाका प्रमाण र प्रत्येक अभियुक्तको भूमिकामाथि पुनर्विचार गर्न सक्छ। उसले यसअघिको फैसला कायम राख्न, सजाय घटाउन वा फैसला उल्ट्याउन सक्छ। त्यसपछि इजिप्टको सर्वोच्च पुनरावेदन अदालतमा समेत चुनौती दिन सकिने कानुनी व्यवस्था रहेको छ।

फैसला आउनुअघि खलिफासहित १३ अभियुक्तको मुद्दा इजिप्टका ग्रान्ड मुफ्तीसमक्ष पठाइएको थियो। इजिप्टमा मृत्युदण्ड सुनाउनुअघि यस्तो प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। यद्यपि मुफ्तीको राय सुझावमात्र हुने भएकाले अदालत त्यसबाट बाध्य हुँदैन। अन्ततः ती १३ मध्ये १२ जनालाई मृत्युदण्ड सुनाइएको हो।

मुद्दा कसरी सुरु भयो?

इजिप्टका लागुऔषध नियन्त्रण अधिकारीहरूले सन् २०२५ को अप्रिलमा कृत्रिम लागूऔषध उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्ने एउटा सञ्जाल पत्ता लगाएको बताएका थिए।

प्रहरीले कायरोका दुईवटा अपार्टमेन्टमा छापा मार्दा करिब २०० किलोग्राम लागूऔषध, कच्चा पदार्थ तथा उत्पादनमा प्रयोग हुने उपकरण बरामद गरेको थियो। अनुसन्धान अघि बढ्दै जाँदा बरामद गरिएको कुल लागूऔषध तथा सामग्रीको मात्रा ७५० किलोग्रामभन्दा बढी पुगेको अभियोजन पक्षले जनाएको छ।

अनुसन्धान करिब ४० दिन चलेपछि अभियुक्तहरूविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो। अभियोजन पक्षका अनुसार सञ्जालमा संलग्न व्यक्तिहरूले कच्चा पदार्थ खरिद, उत्पादन, भण्डारण तथा वितरणका लागि छुट्टाछुट्टै जिम्मेवारी लिएका थिए।

अभियोजन पक्षले २८ जना अभियुक्तविरुद्ध २० जना साक्षीको बयान तथा सन्देश, तस्बिर र भिडियोसहितका डिजिटल प्रमाण प्रयोग गरेको थियो।

खलिफामाथि के आरोप छ?

अभियोजन पक्षका अनुसार खलिफाले लागूऔषध कारोबारको केही हिस्सा आर्थिक रूपमा सहयोग गरेकी थिइन्। उनले विदेश यात्रा गरी सञ्जालका वरिष्ठ सदस्यहरूसँग भेटघाट गरेको तथा इजिप्टभित्र रहेका अन्य सदस्यसँग उनीहरूको सम्पर्क स्थापित गराउने काम गरेको आरोप लगाइएको छ।

अनुसन्धानका क्रममा विदेशमा रहेका दुई अभियुक्तले चीनबाट लागूऔषध उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ खरिद गरेको र त्यसलाई कसरी उत्पादन गर्ने भन्ने निर्देशनसमेत प्राप्त गरेको बताइएको छ।

अन्य सदस्यहरूले वरिष्ठ व्यक्तिहरूले दिएको सूत्रअनुसार रसायन मिसाएर लागूऔषध तयार गर्ने र त्यसपछि प्रयोगकर्तामाथि परीक्षण गरी त्यसको प्रभाव जाँच्ने गरेको अभियोजन पक्षको दाबी छ। त्यसपछि लागूऔषध तौलिने, प्याक गर्ने र वितरण गर्ने गरिएको बताइएको छ।

खलिफाका भाइ मोहम्मदलाई पनि लागूऔषध उत्पादन र परीक्षणमा संलग्न व्यक्तिका रूपमा अभियोजन पक्षले पहिचान गरेको थियो।

अभियोजन पक्षले खलिफाको मोबाइल फोनबाट प्राप्त डिजिटल प्रमाणलाई समेत आधार बनाएको छ। अनुसन्धानकर्ताहरूले उनको फोनमा बरामद गरिएको लागूऔषधजस्तै देखिने पदार्थका भिडियो तथा सञ्जालका अन्य सदस्यसँग भएका कुराकानी भेटिएको दाबी गरेका छन्।

त्यस्तै, बरामद गरिएको एउटा नोटबुकमा नाम, रकम तथा खर्चसम्बन्धी विवरण खलिफाकै हस्तलिपिमा लेखिएको निष्कर्ष हस्तलिपि परीक्षणबाट निकालिएको अभियोजन पक्षले जनाएको छ।

तर खलिफाले आफू लागूऔषध सञ्जालमा संलग्न रहेको आरोप लगातार अस्वीकार गर्दै आएकी छन्।

अर्को मुद्दामा पनि तीन वर्ष जेल

मृत्युदण्डको फैसला भएकै दिन खलिफाविरुद्ध अर्को मुद्दामा पनि फैसला भएको छ। कायरोको अदालतले उनलाई कुटपिटसम्बन्धी मुद्दामा तीन वर्षको जेल सजाय सुनाएको हो।

अनुसन्धानकर्ताहरूले खलिफाको मोबाइल फोनमा उनको चालकका रूपमा चिनिएका एक युवकलाई घरभित्र कपडा फुकालेर कुटपिट गरिएको र नग्न अवस्थामा भिडियो बनाइएको दृश्य भेटिएको बताएका छन्। उक्त मुद्दामा अन्य दुई अभियुक्तलाई सात–सात वर्ष र अर्का एक अभियुक्तलाई पाँच वर्षको जेल सजाय सुनाइएको छ।

इजिप्टमा गम्भीर प्रकृतिका लागूऔषध तस्करीसम्बन्धी अपराधमा मृत्युदण्डको व्यवस्था कायम छ। मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलका अनुसार सन् २०२५ मा इजिप्टमा २३ जनालाई मृत्युदण्ड दिइएको थियो, जुन अघिल्लो वर्षको १३ जनाको तुलनामा बढी हो। संस्थाले प्रत्यक्ष रूपमा हत्या नगरेका अपराधमा समेत मृत्युदण्डको प्रयोग गरिएको भन्दै इजिप्टको आलोचना गर्दै आएको छ।

मृत्युदण्ड सुनाइएकी इजिप्टकी चर्चित टेलिभिजन प्रस्तोता सारा खलिफाले गर्नेछिन् अपिल