काठमाडौं ।
क्षितिज खनाल, बिष्णु कटुवाल र प्रफुल महर्जन लिनिङ्ग १४ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । उनीहरू शिर्ष ८ पुरुष एकलतर्फ अन्तिम चारमा पुगेका हुन् ।
समूह ए को लिग खेलमा एपीएफका क्षितिजले पुलिसका जीवन आचार्यलाई २१–१३, २३–२१ को जित निकाल्दै अन्तिम चारमा स्थान बनाए । उनले यसअघि पहिलो खेलमा नम्बर एक तथा पूर्व बिश्व जुनियर शिर्ष खेलाडी प्रिन्स दाहाललाई पराजित गरेका थिए ।
यस्तै पुरुषकै समूह बी को दोश्रो खेल जित्दै पिस फिटनेसका बिष्णु र आर्मीकाले अन्तिम चार स्थान सुरक्षित गरे । दोश्रो खेलमा बिष्णुले पुलिसका दीपक बोहरामाथि २१–१७, २१–१७ को जित निकालेका थिए । प्रफुलले एपीएफका देवराज रानालाई २१–१९, ११–२१, २१–१९ ले हराएका थिए ।
यसैगरी ब्यक्तिगत दोश्रो खेलमा एपीएफका प्रिन्स दाहालले पुलिसका सुनिल जोशीमाथि २१–१४, २१–१९ को जित निकाले । यस समूहमा एक एक जित भएपनि सेट जितको आधारमा प्रिन्स सुनिलभन्दा अगाडी रहेका छन् ।
महिला शिर्ष ८ तर्फका लिगमा समूह बी बाट दुई खेलमा जित हात पार्दै एपीएफकी रिहाना शेरचन र पुलिसकी निता लम्सालले अन्तिम चारको यात्रा तय गरे । समूह एको खेलमा भने नेपाल नम्बर एक आर्मीकी रसिला महर्जन र पुलिसकी शेस्ना सृपालीको एक एक जितका साथ अग्रस्थानमा रहेका छन् ।











प्रतिक्रिया