रौतहट।
चार जिल्लाको केन्द्रबिन्दुको रूपमा रहेको रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थीत प्रसिद्ध नुनथर महादेवस्थान पछिल्लो समय पर्यटकको गन्तव्य बनेको छ। धार्मिक र ऐतिहासिक महत्व बोकेको किम्बदन्ती नुनथर क्षेत्रमा दर्शनका लागि मात्र हैन साहसिक पर्यटनका नयाँ गतिविधि थपिएको छ । धार्मिक तथा प्राकृतिक सौन्दर्यका अलावा नीजि क्षेत्र बाट जिपलाइन, स्काइ साइक्लिङ र स्विङसहितका साहसिक मनोरञ्जनका गतिविधि सञ्चालनमा आएसंगै पर्यटकको गन्तव्य बनेको छ ।
अभि एडभेन्चर प्रालिद्धारा हालै ६० लाख रुपैयाँ खर्चिएर जीप लाईनको निर्माण गरेसंगै संचालनमा ल्याएको छ । प्रालीले यसका अलावा स्काइ साइक्लिङ र स्विङसहितका साहसिक मनोरञ्जनका गतिविधि सञ्चालन गरसैगै यसक्षेत्रमा पर्यटकको चाप बढेको छ । भुबनाबटले समेत मधेस प्रदेशमै धार्मीकका अलावा साहसिक मनोरञ्जनका लागि नुनथरक्षेत्र पर्यटिकय गन्तव्य बनेको हो । चुरेफेदि, बनजङ्गल अनि बागमती नदीको किनार, हरियाली वातावरण र रमणीय प्राकृतिक दृश्यसँगै साहसिक मनोरञ्जनको अनुभव लिन सकिने भएपछि नुनथर पारिवारिक भ्रमण, पिकनिक तथा युवा पुस्ताका लागि थप आकर्षक गन्तव्य बन्दै गएको अभि एडभेन्चर प्रालिका संचालक शुभकामना पौडेलले बताउनु भयो ।
अभि एडभेन्चर प्रालिका सञ्चालक शुभकामना पौडेल तथा सर्लाहीको हरिवन निवासी विजय अधिकारी सहितका युवाहरूको लगानीमा साहसिक पर्यटनसम्बन्धी पूर्वाधार निर्माण गरी स्थानीयलाई रोजगारसहित सेवा सञ्चालनमा ल्याएको हो । सञ्चालकका अनुसार सर्लाहीको बागमती नगरपालिका क्षेत्रमा पर्ने हरिहरपुरदेखि रौतहटको नुनथर क्षेत्रसम्म जोडिएको जिपलाइनको लम्बाइ २ सय ९५ मिटर रहेको छ । त्यस्तै, रौतहतर्फ १ सय २५ मिटर लामो साइक्लिङ सेवा पनि सञ्चालनमा ल्याइएको छ । स्विङलगायतका अन्य साहसिक मनोरञ्जनका गतिविधि समेत सञ्चालनमा आएपछि पर्यटकले एउटै स्थानमा विभिन्न प्रकारका मनोरञ्जनको अनुभव लिइरहेको छन् । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नुनथर क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । धार्मिक पर्यटनसँगै साहसिक मनोरञ्जनका गतिविधि थपिएपछि नुनथर क्षेत्रलाई मधेस प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा अझै विकास गर्न थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । साहसिक मनोरञ्जनका गतिविधिले नुनथर क्षेत्रमा होटल, रेस्टुरेन्ट, यातायात तथा अन्य पर्यटन व्यवसायमा समेत सकारात्मक प्रभाव परेको छ । नयाँ पूर्वाधार र मनोरञ्जनका गतिविधिले नुनथर क्षेत्रको पर्यटन प्रवर्द्धनसँगै स्थानीय अर्थतन्त्र चलायमान बनाउन योगदान पुग्ने देखिन्छ ।











प्रतिक्रिया