हलिउड अभिनेत्री तथा ओस्कार विजेता ऐनी हैथवेको परिवारमा नयाँ सदस्य थपिएका छन्।
तेस्रो गर्भावस्थालाई अप्रत्याशित तर सुखद आश्चर्यका रूपमा व्याख्या गरेकी ऐनीले नवजात शिशुलाई परिवारमा स्वागत गरेकी हुन्। यद्यपि, अभिनेत्री र उनका पति एडम शुलम्यानले सन्तान जन्मिएको विषयमा औपचारिक घोषणा भने गरेका छैनन्।
ऐनीलाई हालै न्युयोर्कका सडकमा नवजात शिशुलाई छातीमा टाँसेर हिँडिरहेको अवस्थामा देखिएपछि उनी तेस्रो सन्तानकी आमा बनेको खबर सार्वजनिक भएको हो। सन् २०१२ मा विवाह गरेका ऐनी र एडमका यसअघि दुई छोरा छन्। उनीहरूका जेठा छोरा जोनाथन १० वर्षका र कान्छा छोरा ज्याक ६ वर्षका छन्।
ऐनीले यसै वर्ष जुन महिनामा गर्भवती भएको खबर सार्वजनिक गरेकी थिइन्। बारबरा लुइसको गीत बेबी, आई एम योर्समा तयार पारिएको भिडियोमार्फत उनले आप्mनो गर्भावस्थाबारे जानकारी दिएकी थिइन्। भिडियोमा सेतो रङको लामो पहिरनमा देखिएकी उनले बेबी बम्पसमेत प्रदर्शन गरेकी थिइन्। गर्भावस्थाको खबर सार्वजनिक गर्ने क्रममा उनले हरेक पटकको मातृत्व यात्रा सहज नहुने अनुभव पनि साझा गरेकी थिइन्। यसपटकको गर्भावस्था आ्mनो जीवनका लागि विशेष खुसी भएको उनको भनाइ थियो।
ऐनीले तेस्रो गर्भावस्थालाई लिएर रमाइलो शैलीमा गरेको टिप्पणीले पनि त्यतिबेला चर्चा पाएको थियो। जुलाई १४ मा लेट नाइट विद सेथ मेयर्स कार्यक्रममा सहभागी हुँदै उनले आप्mनो गर्भावस्थालाई बजर बिटरको संज्ञा दिएकी थिइन्। आफूले फेरि गर्भवती हुने अपेक्षा नगरेको जनाउ“द उनले यसलाई अप्रत्याशित भए पनि सुखद आश्चर्यका रूपमा लिएकी थिइन्। उनको यही अभिव्यक्तिले तेस्रो सन्तानको आगमनप्रतिको उत्साह र खुसीलाई झल्काएको थियो।
व्फिल्मी करिअर र पारिवारिक जीवनलाई सँगसँगै अघि बढाइरहेकी ऐनीका लागि तेस्रो सन्तानको आगमन अहिलेको विशेष खुसी बनेको छ।








तपाईंको विचार लेख्नुहोस्