यलुङ– री हिमालमा देखिएका ५ शव ‘ना’ गाउँ ल्याइयो

3.29k
Shares

दोलखा।

 दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ स्थित रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ– री हिमालमा देखिएको ५ जनाको शव आइतबार बिहान सङ्कलन गरेर रोल्वालिङ क्षेत्रकै ‘ना’ गाउँमा ल्याइएको ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाले बताएका छन् ।

ती शवहरु गत बर्ष यलुङ– री हिमाल आरोहणका क्रममा हिमपहिरोमा परेर बेपत्ता भएकाहरुको रहेको फुर्वा तेन्जीले बताए । गत बर्षको कार्तिक ११ गते रोल्वालिङ क्षेत्रमा रहेको ५,६३० मिटरको यलुङ– री हिमाल आरोहणको लागि गएका उनीहरु कार्तिक १७ गते हिमपहिरोमा परेका थिए । आरोहणको लागि बिभिन्न टोलिका १५ जना यलुङ– री हिमाल गएकामा ८ जनाको भने त्यतिबेलै शकुसल उद्दार गरिएको थियो । हिमपहिरोमा परेका ७ जना मध्य दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– ९ का पदम तमाङ र सोलुखुम्बु जिल्ला बुक्साका मेरे कार्कीको शव पनि त्यतिबेलै भेटिएको थियो । 

आइतबार ‘ना’ गाउँमा ल्याइएको शव विदेशी नागरिकहरु फ्रान्सका मेनफेडी क्रिस्टिना एण्ड्रे (पासर्पोट नम्बर ढम्प्ढद्दछज्ञद्ध), इटलिका पाउलो कोको (पासर्पोट नम्बर थ्द्यटद्धज्ञज्ञढटघ) र मार्कोस किरचिलर (पासर्पोट नम्बर थ्द्यघडद्धघठज्ञज्ञ), जर्मनका ज्याकोब इसरिवर (पासर्पोट नम्बर ऋज्क्ष्ज्ह्टज्च्श्) तथा क्यानेडियन मार्को डि मारसेलो (पासर्पोट नम्बर एडद्दघज्ञढघल्न्) को रहेको ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाले बताए । 

यलुङ– री आधार शिविरमा देखिएका शव शङ्कलनको लागि शुक्रवारबाट हेलिकप्टर पठाउने प्रयास गरिएको भएपनि खराब मौसमका कारण आइतबार विहानमात्र शवहरु सङ्कलन गरेर ‘ना’ गाउँमा ल्याउन सकिएको फुर्वा तेन्जीले बताए ।

यलुङ– री हिमालमा देखिएका शव सङ्कलनको लागि ड्रिम डेक्सटिनेसनका फुर्वा तेन्जी शेर्पाको नेतृत्वमा हेली एभरेष्टको पाईलट द्वय पासतेन्जी शेर्पा र प्रिया अधिकारी, इन्जिनियर कमल श्रेष्ठ, स्थानीय बाबुराम ठकुरी तथा बरिष्ठ हवल्दार जयश्वर प्रसाद ठकुरी आधार शिविरमा पुगेका थिए । शनिवार रोल्वालिङ क्षेत्रमा पर्ने ‘क्याल्चे’मा बसेका उनीहरु आइतबार बिहान ६ बजेदेखि शव सङ्कलनमा सहभागि भएका थिए । निक्कै जोखिमपूर्ण ढङ्गले आइतबार बिहान १० बजेसम्म ७÷८ पटकको प्रयत्नबाट शवहरु सङ्कलन गरेर ‘ना’ गाउँमा ल्याइएको फुर्वा तेन्जीले बताए ।

शवहरु सङ्कलनको लागि वडाले पनि आवश्यक सहयोग र समन्वय गरिरहेको वडा नम्बर– ९ का वडा अध्यक्ष ङिमा गेली शेर्पाले बताए ।
सङ्कलन गरिएका शवहरु आइतबार काठमाडौँ लान खराब मौसमका कारण सम्भव नभएकाले सोमवार बिहान लगिने फुर्वा तेन्जीको भनाई छ । ती शवहरु काठमाडौँ पु¥याएपछि सम्बन्धित देशको दुतावास र आफन्तको जिम्मा लगाइने उनले बताए । मृतकका आफन्तहरु शव बुझ्न काठमाडौँ आईसकेको पनि फुर्वा तेन्जीले बताए ।