उदयपुर ।
उदयपुरको कटारी नगरपालिका–३ हडैयामा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कटारी नगरपालिका–३ निवासी एकै घरका दाजुभाइ ११ वर्षीय सुमितकुमार दनुवार, ७ वर्षीय सुगमकुमार दनुवार तथा ८ वर्षीय आदित्यकुमार दनुवार रहेका छन्।
प्राप्त जानकारीअनुसार तीनै जना स्थानीय जलाशयमा पौडी खेल्न गएका बेला डुबेका थिए। घटना थाहा पाएलगत्तै स्थानीयवासी र प्रहरीको टोलीले खोजी तथा उद्धार प्रयास गरे पनि उनीहरूलाई बचाउन सकिएको छैन। घटनापछि तीनै जनाको शव फेला परेको प्रहरीले जनाएको छ।
घटनापछि हडैया गाउँ शोकमा डुबेको छ। एकै परिवारका तीन बालकको एकैसाथ ज्यान गएपछि स्थानीयवासी स्तब्ध बनेका छन्।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि पठाउने प्रक्रिया अघि बढाएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।











प्रतिक्रिया