काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकमा सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल जिम्मेवार भएर अघि बढ्नुपर्ने बताएका छन् ।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले कुनै पनि समुदायविरुद्ध घृणा, द्वेष र हिंसा फैलाउने गतिविधि रोक्न दलहरूबीच साझा समझदारी बनेको बताए ।
उनले एक युवकको मृत्यु भएको घटनालाई गम्भीर रूपमा लिँदै सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आवश्यक रहेको बताए । अफवाह र अनुमानमा नभई जिम्मेवार निकायको अनुसन्धानका आधारमा निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ थियो ।
सभापति लामिछानेले दोषी जोसुकै भए पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने र सरकारले यस विषयमा प्रभावकारी कदम चाल्नुपर्ने बताए ।











प्रतिक्रिया