काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।
बुधबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पुगेर लामिछानेले श्रेष्ठको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धासुमन व्यक्त गरेका हुन्। ७९ वर्षको उमेरमा मंगलबार निधन भएका श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्न विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरू सानेपा पुगिरहेका छन्।











प्रतिक्रिया