जनावरजस्तै जीवनशैली अपनाउने युवाको ट्रेन्डले अर्जेन्टिनामा चर्चा


अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा केही युवाहरू जनावरको मास्क, पुच्छर र अन्य पोसाक लगाएर पार्कमा भेला हुने तथा जनावरजस्तै हिँड्ने, दौडिने र व्यवहार गर्ने नयाँ ट्रेन्ड चर्चामा आएको छ।

यी युवाहरू आफूलाई थेरियन भन्ने समूहसँग जोडिएको बताउँछन्। उनीहरूका अनुसार आफूहरूले कुनै न कुनै जनावरसँग मानसिक, भावनात्मक वा आध्यात्मिक सम्बन्ध महसुस गर्छन्। केहीले यसलाई आफ्नो पहिचानको अभिव्यक्ति भनेका छन् भने केहीले मनोरञ्जन र सिर्जनात्मक गतिविधिका रूपमा मात्र लिने गरेका छन्।

टिकटकमा थेरियन सम्बन्धी सामग्री २० लाखभन्दा बढी पटक पोस्ट भइसकेको छ। सामाजिक सञ्जालमार्फत यो ट्रेन्ड तीव्र रूपमा फैलिएको छ र अर्जेन्टिनामा नियमित रूपमा यस्ता समूहगत भेटघाट हुन थालेका छन्।

स्रोत: एसोसिएटेड प्रेस