आज पनि देशभर वर्षाको सम्भावना


काठमाडौं ।

देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रही विभिन्न स्थानमा वर्षा जारी रहने पूर्वानुमान गरिएको छ।