काठमाडौं ।
फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा गरिएको छ। काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित कार्यक्रममा फिल्मको निर्माणबारे जानकारी दिइएको हो।
रघुजी फिल्म्सको ब्यानरमा बन्ने फिल्मको लेखन तथा निर्देशन अमरदीप सापकोटाले गर्नेछन् भने निर्माण रघुनाथ सापकोटाले गरेका हुन्। निर्माण टोलीका अनुसार फिल्मको छायाङ्कन यसै सातादेखि सुरु हुनेछ।
घोषणा कार्यक्रममा फिल्म कलाकार संघका अध्यक्ष उत्तम केसी, फिल्म निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोलगायतले फिल्म सफलताको शुभकामना व्यक्त गरेका थिए।निर्माता रघुनाथ सापकोटाले रघुजी फिल्म्सबाट घोषणा गरिएका अन्य फिल्महरू पनि यसपछि क्रमशः निर्माण प्रक्रियामा अघि बढाइने बताए।
फिल्मका गीत चर्चित गायक पशुपति शर्माले तयार गर्नेछन्। छायाङ्कन संकल भुजेलले गर्नेछन् भने कार्यकारी निर्माता निरज नेपाल रहेका छन्। शमशेर लामाले शृंगार र जीवन पोखरेलले भेषभूषाको जिम्मेवारी सम्हाल्नेछन्।फिल्ममा गायक पशुपति शर्मा, परितोषिका पन्त, समिया कार्की, प्रभात लामा, बेगम नेपाली, पृथ्वीराज प्रसाईं, नरेश पौडेल, सृजना कोइराला, प्रजल दुलाल, गौतम महत, निरज नेपाल, लेखान्त भुषाल, बिरबल घले, उत्तम केसी, सुनिल कटुवाल, निशान थापा, रविन बिमली, नारायण बिक, रेनु गुरुङ, विनोद केसी, सुरेश तिमल्सिना र राजु तिमल्सिनालगायत कलाकारको अभिनय रहनेछ।
पूर्ण मनोरञ्जनात्मक कमेडी शैलीमा निर्माण हुने यस फिल्मले हास्य, व्यंग्य र पारिवारिक मनोरञ्जनलाई केन्द्रमा राखेर दर्शकमाझ नयाँ स्वाद प्रस्तुत गर्ने निर्देशक सापकोटाले बताए।फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले प्राप्त गरेको छ।











प्रतिक्रिया