परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ


काठमाडौँ।

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।

साेमबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई काठमाडौंको कागेश्वरी मनोहराबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे छ ।

भट्टराईमाथि राहदानी ऐन अन्तर्गत कसुर गरेको आरोप छ।