११ वर्षको उमेरमै सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल हुदै गरेकी बालगायिका सुवाशना खड्का केसी लोकप्रिय गायन रियालिटी शो द भ्वाइस किड्स नेपाल सिजन ५ को फाइनलमा प्रवेश गरेकी छन्। उत्कृष्ट प्रस्तुति, निरन्तर मेहनत र दर्शकको अपार मायाका कारण सुवाशना फाइनल यात्रासम्म पुग्न सफल भएकी हुन्।
गायक वाङदेन शेर्पाको टोलीबाट प्रतिस्पर्धा गरिरहेकी विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयमा कक्षा ७ मा अध्ययनरत सुवाशनाले सुमधुर स्वर, भावपूर्ण गायन, आत्मविश्वास र उत्कृष्ट मञ्च प्रस्तुतिमार्फत निर्णायक, प्रशिक्षक तथा दर्शकको मन जित्दै आएकी छन्। सैनिक महाविद्यालयका संगीत शिक्षक टेकेन्द्र नेपालीबाट संगीतको प्रारम्भिक ज्ञान तथा प्रशिक्षण प्राप्त गरिरहेकी सुवाशनाले विगत एक वर्षदेखि राग्रुप संगीत पाठशालामा प्रमोद प्रसाईं र लावनी चक्रवर्तीस“ग क्लासिकल भोकलसहित विभिन्न विधाको संगीतको शिक्षा लि“दै आएकी छन्।
सुवाशनाको अर्को विशेषता विविध सांगीतिक विधामा प्रस्तुत हुन सक्ने क्षमता हो। उनी क्लासिकल, पप, लोक, गजल, रक तथा आधुनिकलगायत विभिन्न विधाका गीतलाई आप्mनो स्वर र शैलीअनुसार प्रस्तुत गर्न सक्ने क्षमता राख्छिन्। पछिल्लो हप्ता उनले लोकप्रिय गायिका अभय सुब्बाको चर्चित गीत हे साइ“लालाई अत्यन्त ऊर्जावान्, आकर्षक र प्रभावशाली ढंगले प्रस्तुत गरेकी थिइन्। उनको उक्त प्रस्तुतिले निर्णायक तथा दर्शकको ध्यान तान्न सफल भएको थियो।
उनी पर्पmमर अफ द डे को उपाधिसमेत जित्न सफल भएकी छन्।त्यसपछि दर्शकबाट प्राप्त अपार माया र उत्कृष्ट भोटका आधारमा सुवाशना टिम वाङदेन शेर्पाबाट फाइनलमा पुग्ने पहिलो प्रतिस्पर्धी बन्न सफल भएकी हुन्। द भ्वाइस किड्स नेपाल सिजन ५ को फाइनलसम्म आइपुग्दा सुवाशनाको सपना अब उपाधिस“ग जोडिएको छ। उनले भोट गरी साथ, सहयोग र समर्थन गरिदिन अनुरोध गरेकी छन्। फाइनलमा उनीस“गै कृयसन रोक्का, कविना राई र सम्राट खनाल प्रतिस्पर्धामा छन्।











प्रतिक्रिया