आज राति १२ बजेर ४५ बजे विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीच महाभिडन्त हुने अपेक्षा गरिएको छ । अर्जेन्टिना चौथो विश्वकप उपाधिको लागि प्रयासमा हुनेछ भने स्पेन दोस्रो विश्वकप जित्ने तरखरमा रहनेछ । यानि फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ । सेमिफाइनलमा उपाधि दावेदारीमा रहेको फ्रान्सलाई २–० ले हराएर स्पेनी टोली फाइनलमा पुगेको हो । स्पेनको यो दोस्रो विश्वकप फाइनल हो । यसअघि स्पेनले पहिलोपटक २०१० को फाइनल खेल्दा पहिलो प्रयासमै उपाधि जितेको थियो । तर, यसपछि भने स्पेनको विश्वकप यात्रा निकै निरासजनक बनेको थियो । तर, यसपटक भने फाइनल पुगेपछि स्पेनले उपाधि जित्ने सकिने अनुमान लगाइरहेको छ ।
स्पेनले फाइनलसम्म पुग्न नकआउट चरणदेखि नै युरोपेली टोलीलाई हराएको थियो । स्पेनले अन्तिम ३२ मा अस्ट्रिया, अन्तिम १६ मा पोर्चुगल, क्वार्टरफाइनलमा बेल्जियम र सेमिफाइनलमा फ्रान्सलाई हराएको थियो । तर, फाइनलमा भने तीनपटकको विश्व विजेता अर्जेन्टिना कठिन प्रतिद्वन्द्वी परेको छ । स्पेनले यस विश्वकपमा अहिलेसम्म एक गोल मात्रै बेल्जियमविरुद्ध आत्मसात गरेको छ । यसले स्पेनको रक्षापंक्ति निकै सुदृढ रहेको पुष्टि गर्छ । फ्रान्सलाई पनि स्पेनको रक्षकहरूले हायलकायल पारेको थियो । जसले गर्दा एम्बाप्पे, डेम्बेले जस्ता गोलस्कोरर रितो हात फर्कनु परेको थियो । स्पेनले विपक्षीको पोस्टमा १३ गोल प्रहार गरेको छ । यसले आक्रमक विधा पनि सशक्त रहेको प्रमाणित गर्छ । स्पेनका लागि मिकेल ओयारजबलले सर्वाधिक ५ गोल गरेका छन् ।
तर, मिकेल मेरिनोले भने पछिल्ला दुई खेलमा सानदार खेल देखाएका छन् । वैकल्पिक खेलाडीको रुपमा मैदानमा आएर मेरिनोले पोर्चुगल र बेल्जियमविरुद्ध विजयी गोल गरेका थिए । अर्जेन्टिनाको लागि यो फाइनलमा दुई कीर्तिमान बराबरी गर्न मौका हुनेछ । पहिलो लगातार दुई उपाधि जित्नु र दोस्रो चार विश्वकप जित्ने कीर्तिमा रहेका छन् । अहिलेसम्म इटाली र ब्राजिलले मात्रै लगातार दुईपटक उपाधि जितेको कीर्तिमान रहेको छ । दोस्रो विश्व युद्ध सुरु हुन अघि इटालीले १९३४ र १९३८ विश्वकपमा लगातार उपाधि जितेको थियो । दोस्रो विश्व युद्ध समाप्तिपछि ब्राजिलले १९५८ र १९६२ विश्वकपमा लगातार उपाधि जितेको थियो ।
यसैगरी अर्जेन्टिनाले यो फाइनल जितेमा चार विश्वकप उपाधि जित्ने कीर्तिमान बराबरी गर्नेछ । अहिलेसम्म इटाली र जर्मनीले चार–चार पटक विश्वकप उपाधि हात पारेका छन् । इटालीले १९३४, १९३८, १९८२ र २००६ मा उपाधि जितेको थियो । जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा उपाधि जितेको थियो । अर्जेन्टिनाको लगातार जितलाई हेर्ने हो भने लियोनेल मेसीको भुमिका मुख्य रहेको छ । मेसीकै जादुमय खेलको कारण अर्जेन्टिनाले अन्तिम १६ मा केप भर्डे, क्वार्टरफाइनलमा इजिप्ट र सेमिफाइनलमा इंग्ल्यान्डसँग पुनरागमन जित निकालेको थियो । यसले यही स्पष्ट पार्छ कि विपक्षी टोलीले अग्रता लिएपनि अन्तिम सेकेण्डसम्म पनि उनीहरू धुक्कसँग बस्न पाउने छैन
विश्वकपमा भिडन्त
स्पेन र अर्जेन्टिना विश्वकपमा दोस्रोपटक एकअर्कोसँग खेल्दैछन् । यसअघि सन् १९६६ को विश्वकपअन्तर्गत् समूह चरणमा भेट भएको थियो । जसमा, अर्जेन्टिना २–१ ले विजयी भएको थियो । दुवै टोलीबीच हालसम्म १३ वटा मैत्रीपूर्ण खेल भएका छन्, जसमा स्पेनले ६, अर्जेन्टिनाले ५ खेल जितेका छन् भने २ खेल बराबरीमा सकिएका छन् । पछिल्लो भेट २०१८ मा भएको थियो, जहाँ स्पेनले अर्जेन्टिनालाई ६–१ ले पराजित गरेको थियो ।
सम्भावित सुरुआती टोली
स्पेन ः सिमोन, पोरो, लापोर्ते, कुबार्सी, कुकुरेला, रोड्री, फाबियन, लामिन यामाल, ओल्मो, बाएना, ओयारजबाल ।
अर्जेन्टिना ः मार्टिनेज, नाहुएल, रोमेरो, लिसान्द्रो मार्टिनेज, टालियाफिको, परेडेस, म्याक एलिस्टर, एन्जो फर्नान्डेज, जुलियानो सिमेओने, लियोनेल मेस्सी, जुलियन आल्भारेज।
अर्जेन्टिनाको फाइनल यात्रा
–समूहमा अल्जेरियालाई ३–०, अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले हराएको ।
–अन्तिम ३२ मा केप भर्डेलाई ३–२ ले हराउन अतिरिक्त समयसम्म खेल्नुपरेको ।
–अन्तिम १६ मा इजिप्टलाई २–० ले पछि परेको नतिजा उल्टाएर ३–२ ले हराएको । जसमा, अन्तिममा तीन गोल गरेको ।
–क्वार्टरफाइनलमा स्वीट्जरल्यान्डलाई ३–१ ले हराउन अतिरिक्त समयसम्म खेलेको ।
–सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराएको । १–० ले पछि परेकोमा अन्तिमतिर ७ मिनेटमा दुई गोल फर्काएर जितेको ।
स्पेनको फाइनल यात्रा
–समूहको पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेको । त्यसपछि साउदी अरेबियालाई ४–० र उरुग्वेलाई १–० ले हराएको ।
–अन्तिम ३२ मा अस्ट्रियालाई ३–० ले हराएको ।
–अन्तिम १६ मा पोर्चुगललाई १–० ले हराएको ।
–क्वार्टरफाइनलमा बेल्जियमलाई २–१ ले हराएको ।
–सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराएको ।
अर्जेन्टिना–स्पेनको विश्वकपमा तथ्यांक
सहभागिता १८–१६
सेमिफाइनल ५–१
फाइनल ६–१
उपाधि ३–१

अर्जेन्टिना विरुद्ध स्पेन
(श्रावन ३ गते आइतबार राति १२ः४५ बजे)











प्रतिक्रिया