धादिङ।
धादिङको नीलकण्ठ नगरपालिका–३, परेचौतारास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपि प्रकाश दहालका अनुसार गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले दिलबहादुर तामाङको घरमा छापा मार्दा उनीहरू जुवा (तास) खेलिरहेको अवस्थामा फेला परेका हुन्।
घटनास्थलबाट प्रहरीले नगद १ लाख ६९ हजार ३ सय ५०, ७ थान मोबाइल, १ थान जुवा खेल्न प्रयोग गरिएको डसना, २ गड्डी तास बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा घरधनी ६१ वर्षीय दिलबहादुर तामाङसहित ४१ वर्षीय सन्तोष तामाङ, ५० वर्षीय खार्पा तामाङ, ४३ वर्षीय मंगल तामाङ, ३१ वर्षीय कार लामा तामाङ र ५३ वर्षीय नेच तामाङ रहेका छन्। उनीहरू सबै गंगाजमुना गाउँपालिकाका स्थायी बासिन्दा भई हाल नीलकण्ठ नगरपालिका–३ मा बसोबास गर्दै आएका प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूलाई जुवा सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय धादिङबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।











प्रतिक्रिया