काठमाडौं ।
देवघाट क्षेत्रबाट बेपत्ता भएकी तनहुँ बन्दीपुर–४ टुँडीखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठको शव नवलपुरको त्रिवेणीधाम क्षेत्रमा फेला परेको छ।
नारायणी नदीमा सशस्त्र प्रहरी बलको गोताखोर टोलीले गरेको खोजीका क्रममा श्रेष्ठको शव भेटिएको हो। परिवारका सदस्यले कपडा, औँठी र कानको रिङका आधारमा शवको पहिचान गरेका प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार श्रेष्ठ गत असार १४ गते साँझ चितवनको गैँडाकोट–२ स्थित डेराबाट स्कुटर लिएर निस्किएपछि सम्पर्कविहीन हुनुभएको थियो। खोजीका क्रममा उहाँको स्कुटर देवघाट गाउँपालिका–५ को हनुमानचोकमा पार्किङ गरिएको अवस्थामा भेटिएको थियो।
श्रेष्ठ भरतपुर अस्पताल नर्सिङ कलेजमा बीएनएस तेस्रो वर्षमा अध्ययनरत हुनुहुन्थ्यो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।











प्रतिक्रिया