काठमाडौँ ।
अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध दुई असिस्ट गर्दै टोलीलाई २–१ को पुनरागमन जित दिलाएका छन्। यस जितसँगै अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप फाइनलमा पुगेको छ।
मेसीले प्रतियोगितामा ८ गोल र ४ असिस्ट पुर्याउँदै गोल्डेन बुटको दौडमा फ्रान्सका किलियन एमबाप्पेलाई असिस्टका आधारमा पछि पारेका छन्। एमबाप्पेको पनि ८ गोल भए पनि उनको असिस्ट ३ मात्र छ।
यदि फाइनलपछि अन्य कुनै खेलाडीले मेसीलाई गोलमा उछिन्न सकेन भने उनले करियरमै पहिलो पटक फिफा विश्वकपको गोल्डेन बुट अवार्ड जित्नेछन्। साथै, अर्जेन्टिनालाई उपाधि दिलाउन सफल भए मेसी गोल्डेन बल अवार्डका पनि प्रमुख दाबेदार रहनेछन्।











प्रतिक्रिया