जितको खुसीमा कारबाट सडकमा खसिन् अर्धनग्न युवती


काठमाडौं–

सामाजिक सञ्जालमा फिफा विश्वकपको खेलपछि एक युवती कारबाट लडेको भन्दै पुरानो भिडियो फेरि भाइरल भइरहेको छ। भिडियोसँगै ‘घानालाई कोलम्बियाले पराजित गरेपछि खुसी मनाउने क्रममा युवतीले कपडा फुकाल्दा कारबाट सडकमा पछारिइन्’ भन्ने दाबी पनि व्यापक रूपमा फैलिएको छ।

भाइरल दाबीअनुसार फिफा विश्वकपको ‘राउन्ड अफ ३२’ मा कोलम्बियाले घानालाई १–० ले पराजित गरेपछि समर्थकहरू सडकमा उत्सव मनाउन निस्किएका थिए। सोही क्रममा एक युवतीले चलिरहेको कारको ढोकाबाट शरीर बाहिर निकालेर माथिल्लो कपडा फुकाल्ने प्रयास गरेकी थिइन्। त्यसलगत्तै कार अघि बढ्दा उनी सन्तुलन गुमाएर सडकमा खसेको भिडियोमा देखिन्छ।

भिडियोमा युवती सडकमा पछारिएपछि वरपर रहेका मानिसहरू तत्काल उनको सहयोग गर्न पुगेको दृश्य देख्न सकिन्छ।उक्त भिडियो विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा पुनः भाइरल बनेको छ। यद्यपि, यो घटना हाल जारी कुनै फिफा विश्वकपसँग सम्बन्धित हो वा होइन भन्ने विषयमा स्वतन्त्र पुष्टि भएको छैन। पुराना भिडियोहरूलाई नयाँ घटनासँग जोडेर सामाजिक सञ्जालमा पुनः प्रसारण गर्ने प्रवृत्ति सामान्य रहेकाले यस्ता सामग्रीको सत्यता पुष्टि गरेर मात्र विश्वास गर्नुपर्ने हुन्छ।