राजबिराज कारागारमा कैदीबन्दीको आन्दोलन, अवस्था तनावग्रस्त


काठमाडौं ।

सप्तरीको राजबिराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू तीन दिनदेखि आन्दोलनमा उत्रिएका छन्। चौकीदार नियुक्तिका नाममा आर्थिक चलखेल र घुस असुलेको आरोप लगाउँदै उनीहरूले निष्पक्ष छानबिनको पनि माग गरेका छन्।

आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले बल प्रयोग गरेपछि केही कैदीबन्दीले शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए। घटनापछि कारागारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी रामकृष्ण थापाका अनुसार अहिले छलफल र समझदारीपछि अवस्था सामान्य बन्दै गएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।