काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले २०४६ सालको जनआन्दोलनपछिको अन्तरिम सरकारका अर्थमन्त्री तथा लोकतान्त्रिक, नागरिक आन्दोलन, अर्थतन्त्र, विकास प्रशासन र सुशासनका अगुवा डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन्।
डा. कोइरालाले स्वर्गीय पाण्डेले सुशासन, लोकतन्त्र, विकास, भ्रष्टाचार नियन्त्रण तथा उत्तरदायी राज्य व्यवस्थाको स्थापना र सुदृढीकरणमा पुर्याएको योगदान सधैं स्मरणीय रहने उल्लेख गरेका छन्।
उनले शोकको यस घडीमा दिवंगत पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।












प्रतिक्रिया