काठमाडौँ।
अर्जेन्टिनासँग पराजित हुँदै फिफा विश्वकप फुटबलको क्वाटरफाइनल दौडबाट बाहिरिएपछि इजिप्टका मुख्य प्रशिक्षक होसाम हसनले आफ्नो टोलीमाथि धाँधली भएको आरोप लगाएका छन्।
एटलान्टामा मंगलबार राति सम्पन्न खेलमा इजिप्टले सुरुआतमै २–० को अग्रता बनाएको थियो। तर साविक विजेता अर्जेन्टिनाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ३–२ को जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गर्यो।
इजिप्टले खेलको १५औँ मिनेटमै पहिलो गोल गरेको थियो भने दोस्रो हाफको सुरुमै अग्रता दोब्बर बनाएको थियो। त्यसपछि भने अर्जेन्टिनाले लगातार तीन गोल गर्दै खेल आफ्नो पक्षमा पारेको हो।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा हसनले रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै आफ्नो टोलीमाथि अन्याय भएको दाबी गरे।
“म यसलाई सामान्य हार वा दुर्भाग्य भन्न सक्दिनँ। आज हामीमाथि स्पष्ट रूपमा अन्याय भएको छ, र हाम्रो टोली ठूलो धाँधलीको सिकार बनेको छ,” हसनले भने।











प्रतिक्रिया