कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन


काठमाडौँ।

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। उपचारका क्रममा मंगलबार जावलाखेलस्थित हेलिअस अस्पतालमा उनको निधन भएको हो।

पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद दुलालले उनको निधन भएको पुष्टि बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पणका लागि श्रेष्ठको पार्थिव शरीर राखिने जानकारी दिए।

त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय भएको बताइएको छ।