काठमाडौं।
बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल तथा उद्यमी अस्मी श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ।
कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार अस्मी श्रेष्ठसँगको सहकार्यले ब्रान्डको प्रिमियम गुणस्तर, अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र विश्वसनीय कार्यसम्पादनप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
अस्मी श्रेष्ठ मिस नेपाल वर्ल्ड २०१६ की विजेता हुन्। उनले सोही वर्ष मिस वर्ल्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। उनी फेसन र ब्रान्ड एन्डोर्समेन्टसँगै ‘Asmi Shrestha Interiors’ की संस्थापकका रूपमा पनि परिचित छिन्।
कम्पनीका अनुसार अस्मीको जीवनशैली, फेसन र उद्यमशीलतामा रहेको प्रभावले आधुनिक नेपाली उपभोक्ताको आकांक्षालाई प्रतिनिधित्व गर्ने भएकाले उनलाई ब्रान्ड एम्बेसडरका रूपमा चयन गरिएको हो।
यस साझेदारीमार्फत बोश होम एप्लायन्सेसले नेपालमा आफ्नो बजार उपस्थितिलाई थप सुदृढ बनाउँदै प्रिमियम, भरपर्दो र आधुनिक घरेलु उपकरण खोज्ने उपभोक्तासँग अझ नजिकिने लक्ष्य राखेको जनाएको छ।
बोश होम एप्लायन्सेस विश्वका अग्रणी घरेलु उपकरण ब्रान्डमध्ये एक हो। कम्पनीले जर्मन इन्जिनियरिङ, नवीन प्रविधि र दीर्घकालीन गुणस्तरमा आधारित वासिङ मेसिन, रेफ्रिजरेटर, डिशवासर तथा बिल्ट–इन किचन एप्लायन्सेस लगायतका उत्पादन नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।











प्रतिक्रिया