आज पाँच संसदीय समितिको बैठक, विधेयकदेखि स्वास्थ्यसम्मका विषयमा छलफल


काठमाडौँ ।

आज प्रतिनिधिसभाअन्तर्गतका पाँच संसदीय समितिको बैठक बस्दै विभिन्न विधेयक, मन्त्रालयको कार्यसम्पादन तथा समसामयिक विषयमा छलफल हुने भएको छ।

अर्थ समितिले उपसमितिहरूको प्रतिवेदनमाथि छलफल गर्नेछ। महिला तथा सामाजिक मामिला समितिले मुस्लिम आयोगको कामकारबाही र प्रगतिबारे आयोगका पदाधिकारीसँग छलफल गर्नेछ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिले राष्ट्रिय सेवा दल विधेयक, २०८३ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा कारागार कार्यालयहरूको अनुगमन प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको वर्तमान अवस्था र भावी कार्ययोजनाबारे छलफल गर्नेछ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले मुलुकको वर्तमान अवस्था तथा समसामयिक विषयमा छलफल गर्नेछ।