३० जिल्लाका साना नदीमा बाढीको मध्यम जोखिम


काठमाडौँ ।

बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न ३० जिल्लाका साना नदी तथा खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहेको जनाएको छ।

महाशाखाका अनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाडौँ उपत्यकासहित देशका पहाडी तथा तराईका विभिन्न जिल्लाका साना नदीमा पानीको बहाव उल्लेख्य बढ्न सक्ने सम्भावना छ।

हाल भने कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका ठूला नदीको बहाव सामान्य अवस्थामा रहेको र सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी दुई दिन सातै प्रदेशका केही साना नदीमा बहाव अचानक बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।