काठमाडौं।
बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन्। नेपालमा पहिलो पटक आयोजना भइरहेको ‘ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एन्ड अवार्ड २०२६’ मा विशेष अतिथिका रूपमा सहभागी हुन उनी नेपाल आएकी हुन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि आयोजक टोलीले शिल्पाको स्वागत गरेको थियो। काठमाडौंको सोल्टी होटलमा सञ्चालन भइरहेको सम्मेलन आइतबारसम्म जारी रहनेछ।
भारतको इभेन्ट व्यवस्थापक महासंघ (ईएमएफ) ले आफ्नो १३औँ वार्षिक सम्मेलन पहिलो पटक नेपालमा आयोजना गरेको हो। सम्मेलनमा भारतसहित सात देशका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य उद्योगसँग आबद्ध व्यवसायी, लगानीकर्ता र गन्तव्य विज्ञहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
आयोजकका अनुसार सम्मेलनले नेपाललाई अन्तर्राष्ट्रिय इभेन्ट, बैठक तथा पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा शिल्पा शेट्टीसँगै बलिउड अभिनेता शक्ति कपुर, अभिनेता विक्रान्त मेसी तथा नेपाली मूलकी चर्चित अभिनेत्री मनीषा कोइरालाको पनि विशेष उपस्थिति रहने जनाइएको छ।











प्रतिक्रिया