पेट्रोल बोकेको ट्यांकर दुर्घटना, आगलागीपछि केहीबेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

0
Shares

रौतहट ।

रौतहटको पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर–निजगढ सडकखण्डको गुजरा नगरपालिका–३ स्थित धन्सारमा पेट्रोल बोकेको ट्यांकर दुर्घटना हुँदा आगलागी भएको छ । नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट १२ हजार लिटर पेट्रोल लोड गरी सर्लाहीतर्फ जाँदै गरेको म.प्र. ०३–००१ ख ७८११ नम्बरको ट्यांकर अनियन्त्रित भई दुर्घटना हुदा आगलागी बाट पुर्णरुपमा क्षती भएको छ । दुर्घटनापछि ट्यांकरमा आगलागी हुँदा राजमार्गमा भएर चल्ने सबारी साधनहरुमा घटनास्थल भन्दा परै रोकिएको थियो । जसले गर्दा त्रास फैलन बाट रोकिएको हो ।

ट्यांकरमा चालक बारा निबासी समिर गुरुङ्ग मात्र सवार रहेको र दुर्घटनापछि उनी सकुशल रहेको प्रहरीले जनाएको छ । चालक गुरुङ्गका अनुसार सडक पार गर्न लागेको एउटा मृगलाई जोगाउने प्रयास गर्दा ट्यांकर अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनापछि पेट्रोल बोकेको ट्यांकर लाई घटनास्थलमा पुगेको सुरक्षाकर्मीले वारुणयन्त्रको सहायताले आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

समयमै आगो नियन्त्रणमा लिएकाले ठूलो मानवीय तथा भौतिक क्षति हुनबाट जोगिएको बताइएको छ । आगलागीका कारण पूर्व–पश्चिम महेन्द्र राजमार्ग एक् घण्टा भन्दा बढि समय पूर्ण रूपमा अवरुद्ध भएको थियो । सुरक्षाकर्मीले आगो निभाएर सडक सुरक्षित बनाएपछि यातायात सञ्चालन पुनः सुचारु गरिएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।