गोरखा ।
गोरखा नगरपालिका–११ बाह्रकिलोस्थित पेट्रोल पम्पमा बिहीबार बिहान खसेको पहिरोले डिस्टेन्सर मेसिन र पार्किङमा रहेका पाँच मोटरसाइकलमा क्षति पुगेको छ।
यस्तै, पालुङटार नगरपालिका–१ कोलकोटेमा बुधबार राति आएको लेदोसहितको पहिरोले स्थानीय बाबुराम थापाको एकतले पक्की घर पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
दुवै घटनामा मानवीय क्षति नभएको छ। प्रहरी र स्थानीयवासीको सहयोगमा पहिरो पन्छाउने तथा प्रभावित क्षेत्रमा आवश्यक व्यवस्थापनको काम भइरहेको छ।











प्रतिक्रिया