काठमाडौं ।
उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ को समूह चरण सकिएसँगै राउण्ड अफ ३२ को समिकरण पूरा भएको छ। १२ समूहका विजेता, उपविजेता र उत्कृष्ट आठ तेस्रो टोली गरी ३२ राष्ट्रले नकआउट चरणमा स्थान बनाएका छन्।
साविक विजेता अर्जेन्टिना, फ्रान्स, ब्राजिल, स्पेन, जर्मनी, इंग्ल्यान्ड, पोर्चुगल र नेदरल्यान्ड्सले अन्तिम ३२ मा स्थान बनाउँदा दुई पटकको विश्वविजेता उरुग्वे भने जितविहीन रहँदै समूह चरणबाटै बाहिरिएको छ। सहआयोजक अमेरिका, मेक्सिको र क्यानडाले पनि नकआउट चरणमा स्थान बनाएका छन् भने डेब्युट्यान्ट केप भर्डेले अपराजित रहँदै अन्तिम ३२ मा पुगेर सबैको ध्यान खिचेको छ।
कुन महादेशबाट कति टोली नकआउटमा?
यस पटक विश्वकपमा टिम संख्या बढाएर ४८ पुर्याउँदा विभिन्न महादेको कोटा पनि बढेको थियो । त्यसमा युरोपबाट सर्वाधिक १६, अफ्रिकाबाट १० र एसियाबाट ९ टोलीले प्रतिस्पर्धा गरेका थिए । यस्तै उत्तर र दक्षिण अमेरिकाबाट समान ६ र ओसियानाबाट १ टोलीको सहभागिता थियो ।
तर नकआउट चरणमा भने युरोप र अफ्रिकी टोलीहरुकै वर्चस्व रहेको छ । युरोपको १६ मध्ये सर्वाधिक १२ टोली नकआउट चरणमा प्रवेश गरेका छन् ।
यस्तै अफ्रिकाबाट १० मध्ये ९ टोली नकआउट चरणमा प्रवेश गरे । अफ्रिकाबाट दक्षिण अफ्रिका, मोरक्को, आइभरी कोस्ट, इजिप्ट, केप भर्डे, सेनेगल, डिआर कंगो, घाना, अल्जेरिया नकआउट चरणमा पुग्दा ट्युनिसिया मात्रै बाहिरियो ।
दक्षिण अमेरिकाबाट ६ मध्ये ५ टोली नकआउट चरणमा पुग्दा उत्तर अमेरिकाको भने टिमध्ये आयोजक तीन टोली (अमेरिका, मेक्सिको र क्यानडा) मात्र नकआउट चरणमा पुग्न सफल भए ।
दक्षिण अमेरिकाको साविक विजेता अर्जेन्टिनासहित ब्राजिल, कोलम्बिया, इक्वेडर र पाराग्वेले नकआउटमा स्थान बनाउँदा पूर्व विजेता उरुग्वे मात्र बाहिरियो ।
यस पटक एसियाबाट पनि टिम संख्या बढेर ९ पुगेको थियो । समूह चरणको सुरुवातमा एसियन टोलीले राम्रो प्रदर्शन गरेपनि नकआउट चरणमा भने एसियाबाट जापान र अस्ट्रेलिया दुई टोली मात्र पुगे । अस्ट्रेलियाले एसियन कोटाबाट विश्वकप खेल्दै आएको छ ।
राम्रो सुरुवात गरेर पनि दक्षिण कोरिया, इरान जस्ता टिम नकआउट चरणमा पुग्न असफल रहे ।
ओसियानाबाट एक मात्र टिम न्युजिल्यान्डले प्रतिस्पर्धा गरेकोमा समूह चरणबाटै बाहिरियो ।
महादेश अनुसार छनोट भएका टिमहरु:
युरोप : १३
अफ्रिका : ९
दक्षिण अमेरिका : ५
उत्तर अमेरिका : ३
एसिया : २
कुन समूहबाट कुन–कुन टिम नकआउट चरणमा पुगे?
समूह ए : मेक्सिको, दक्षिण अफ्रिका
समूह बी : स्विट्जरल्यान्ड, क्यानडा, बोस्निया एण्ड हर्जऊवभिना
समूह सी : ब्राजिल, मोरक्को
समूह डी : अमेरिका, अस्ट्रेलिया, पाराग्वे
समूह इ : जर्मनी, आइभरीकोस्ट, इक्वेडर
समूह एफ : नेदरल्यान्ड्स, जापान, स्वीडेन
समूह जी : बेल्जियम, इजिप्ट
समूह एच : स्पेन, केप भर्डे
समूह आइ : फ्रान्स, नर्वे, सेनेगल
समूह जे : अर्जेन्टिना, अस्ट्रिया, अल्जेरिया
समूह के : पोर्चुगल, कोलम्बिया, डिआर कंगो
समूह एल : इंग्ल्यान्ड, क्रोएसिया, घाना
राउण्ड अफ ३२ को समिकरण
नकआउट चरणमा सुरुमा राउण्ड अफ ३२ का खेलहरु हुनेछन् । जसमा विजयी हुने टोली अन्तिम १६ मा प्रवेश गर्नेछन् भने पराजित हुने टोली बाहिरिनेछ । नकआउट चरणमा पराजित टोली बाहिरिने हुँदा हरेक खेल फाइनल जस्तै हुनेछ ।
नकआउट चरणको पहिलो खेल दक्षिण अफ्रिका र सहआयोजक क्यानडाबीच सोमबार बिहान हुनेछ ।
राउण्ड अफ ३२
असार १५ गते (जुन २९)
समूह ए को उपविजेता भर्सेस समूह बी को उपविजेता बिहान १२:४५ बजे (दक्षिण अफ्रिका भर्सेस क्यानडा)
समूह सी को विजेता भर्सेस समूह एफको उपविजेता राती २२:४५ बजे (ब्राजिल भर्सेस जापान)
असार १६ गते (जुन ३०)
समूह इ को विजेता भर्सेस समूह डी को तेस्रो टोली विहान २:१५ बजे (जर्मनी भर्सेस पाराग्वे)
समूह एफको विजेता भर्सेस समूह सी को उपविजेता विहान ६:४५ बजे (नेदरल्यान्ड्स भर्सेस मोरक्को)
समूह इ को उपविजेता भर्सेस समूह आइको उपविजेता राती १०:४५ बजे (आइभरी कोस्ट भर्सेस नर्वे)
असार १७ गते (जुलाई १)
समूह आईको विजेता भर्सेस समूह एफ को तेस्रो टोली विहान २:४५ बजे (फ्रान्स भर्सेस स्वीडेन)
समूह ए को विजेता भर्सेस समूह इ को तेस्रो टोली विहान ६:४५ बजे (मेक्सिको भर्सेस इक्वेडर)
समूह एलको विजेता भर्सेस समूह के को तेस्रो टोली राती ९:४५ बजे (इंग्ल्यान्ड भर्सेस डीआर कंगो)
असार १८ गते (जुलाई २)
समूह जी को विजेता भर्सेस समूह आई को तेस्रो टोली विहान १:४५ बजे (बेल्जिया भसेस सेनेगेल)
समूह डी को विजेता भर्सेस समूह बी को तेस्रो टोली विहान ५:४५ बजे (अमेरिका भर्सेस बोस्निया)
असार १९ गते (जुलाई ३)
समूह एचको विजेता भर्सेस समूह जे को उपविजेता मध्यराति १२:४५ बजे (स्पेन भर्सेस अस्ट्रिया)
समूह के को उपविजेता भर्सेस समूह एलको उपविजेता विहान ४:४५ बजे (पोर्चुगल भर्सेस क्रोएसिया)
समूह बी को विजेता भर्सेस समूह जे को तेस्रो टोली विहान ८:४५ बजे (स्वीट्जरल्यान्ड भर्सस अल्जेरिया)
समूह डी को उपविजेता भर्सेस समूह जी को उपविजेता राती ११:४५ बजे (अस्ट्रेलिया भर्सेस इजिप्ट)
असार २० गते (जुलाई ४)
समूह जे को विजेता भर्सेस समूह एचको उपविजेता विहान ३:४५ बजे (अर्जेन्टिना भर्सेस केप भर्डे)
समूह के को विजेता भर्सेस समूह एल को तेस्रो टोली विहान ७:१५ बजे (कोलम्बिया भर्सेस घाना)











प्रतिक्रिया