काठमाडौं ।
प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उठेर विरोध जनाएका छन्।
सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गर्नेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्। विपक्षी सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर आपत्ति जनाउँदै आएका छन्।
गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले मिचेको भन्ने आशयको विवादित अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले त्यसयता निरन्तर संसद्मा विरोध गर्दै आएका छन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति फिर्ता लिनुपर्ने, संसद्को अभिलेखबाट हटाउनुपर्ने तथा यस विषयमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने माग गर्दै आएका छन्।
आजको बैठकमा पनि विपक्षी सांसदहरूले आफ्नो अडान दोहोर्याउँदै बैठकको सुरुवातमै विरोध जनाएपछि केही समय संसद्को वातावरण तनावपूर्ण बनेको छ। सभामुख अर्यालले विपक्षी सांसदहरूलाई आ–आफ्नो स्थानमा बसेर बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका छन्।











प्रतिक्रिया