काठमाडौं ।
रोलिङ्ग स्टोन्स स्कुल भीमसेनस्थान काठमाडौँद्धारा आयोजित अन्तर माध्यमिक विद्यालय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । नेपाली र अंग्रेजी भाषामा आयोजित सो प्रतियोगितामा नेपालीतर्फ टोडलर्स एकेडेमीकी सिवोना ढुंगेल प्रथम, माउन्ट ग्लोरीका प्रान्जल मरासिनी द्वितीय र टोडलर्स एकेडेमीकी अस्मिता गुरुङ तृतीय भएका थिए ।
अंग्रेजीतर्फ माउन्ट ग्लोरीकी समीरा खड्गी प्रथम, टोडलर्स एकेडेमीकी ईशा थापा द्वितीय र अन्नपूर्ण सेकेन्डरी स्कुलकी समीक्षा भण्डारी तृतीय भएका थिए । थिंक ओ लर्निङ प्रालिका सिइओ युवराज पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा परोपकार आदर्श माविका प्रधानाध्यापक कमल काफ्ले विशेष अतिथि थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिलकृष्ण श्रेष्ठले सहभागी विद्यालय र विद्यार्थी प्रति आभार व्यक्क्त गरे । प्रतियोगितामा आयोजक द रोलिङ्ग स्टोन्स स्कुलसहित टोडलर्स एकेडेमी, जगत सुन्दर ब्वनेकुथि मावि, सुर्योदय सेकेन्डरी बोर्डिङ स्कुल, माउन्ट ग्लोरी स्कुल, गौतम हाईस्कुल, जुबिलान्ट सेकेन्डरी स्कुल, दिव्य ज्ञान सेकेन्डरी स्कुल, अन्नपूर्ण सेकेन्डरी स्कुल, जनक नाथ मेमोरियल हायर सेकेन्डरी स्कुल र फ्युचर स्टार सेकेन्डरी स्कुलसहित एघार विद्यालयका सत्ताइस विद्यार्थीहरुले सहभागि थिए । सहभागी विद्यालय र विद्यार्थीहरुलाई विद्यालयका सहायक प्रधानाध्यापक मृत्युञ्जय कुमार रोय र एकेडेमिक कोअर्डिनेटर बिमला श्रेष्ठले सम्मानपत्र र प्रमाणपत्र वितरण गरे । कार्यक्रमको सञ्चालन शीतल गुप्ता र अन्जना महर्जनले गरेका थिए ।




























प्रतिक्रिया