काठमाडौं ।
विश्वका २१० भन्दा बढी देश तथा भौगोलिक क्षेत्रमा फैलिएको लायन्स इन्टरनेशनलले मानव सेवालाई आफ्नो मूल उद्देश्य मानी शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् राहत, भोकमरी न्यूनीकरण तथा अन्य विविध सामाजिक सेवामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेकोछ। सोही क्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एच अन्तर्गत रहेका विभिन्न लायन्स क्लबहरूले समेत निरन्तर रूपमा समाजसेवाका विविध कार्यहरू सञ्चालन गर्दै आएका छन्। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एचको लायन वर्ष २०२६/२७ मा नव निर्वाचित र नव नियुक्त लायन्स पदाधिकारीहरूको पदस्थापन (Installation) कार्यक्रम र वार्षिक कार्ययोजना तय गर्नको लागि पहिलो क्याबिनेट बैठक आज सम्पन्न भयो ।

लायन्स डिस्ट्रिक ३२५ एचका डिस्ट्रिक गभर्नर उद्धव सिलवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य गर्दै हालै हङकङमा सम्पन्न १०८ औं अन्तर्राष्ट्रिय सम्मेलनबाट नेपाल, भारत लगायत दक्षिण एसियाका विभिन्न देशहरू र मध्यपूर्वलाई प्रतिनिधित्व गर्दै निर्वाचित अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालले सम्पूर्ण लायन्स सदस्यहरूलाई विभिन्न पदको सपथ गराउंदै समाजसेवा र राष्ट्र सेवामा लागिपर्न प्रतिबध्द गराउनुभयो र अझ बढि उर्जाका साथ सेवा गर्न आव्हान समेत गर्नुभयो । सो समारोहमा बोल्दै उहांले LCIF मार्फत् नेपालबाट अन्तर्राष्ट्रिय स्तरमा दिइएको चन्दाभन्दा पन्ध्र गुनाभन्दा पनि बढि रकम सामाजिक र मानवीय सहयोग मार्फत नेपालमै फिर्ता आइसकेको बताउनु भयो। सो अवसरमा उहांलाई अभिनन्दन समेत गरिएको थियो। सोही अवसरमा लायन्सका नेपालस्थित मल्टिपल काउन्सिलका पदाधिकारीहरू र सदस्यहरू तथा राष्ट्रसेवा र समाजसेवाका विभिन्न क्षेत्रमा ख्याति कमाउनुभएका लायन सदस्यहरु र GAT एरिया लिडर, गेटा युनिभर्सिटीका भाइस चान्सलर लगायत LCIF लिडरहरु राष्ट्रसेवा र समाजसेवाका विभिन्न क्षेत्रमा ख्याति कमाउनुभएका लायन सदस्यहरु र गेटा युनिभर्सिटीका भाइस चान्सलर लगायतलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रममा सन् १९७१ मा मातृकाप्रसाद कोइरालाले नेपाल भित्र्याउनु भएको लायनको ५५औं वार्षिकोत्सव गौरवका साथ मनाइएको थियो।
कार्यक्रममा बोल्दै लाइन्स डिस्ट्रिक्ट 325 एचका गभर्नर उद्धव सिलवालले अन्तर्राष्ट्रिय लायनले तोकेका विशेष क्षेत्रहरु शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, विपद् राहत, भोकमरी न्यूनीकरण तथा अन्य विविध सामाजिक सेवामूलक कार्यक्रमहरूका अलावा यस लायन वर्षमा गरिने विभिन्न कार्यक्रमहरू, जस्तै: राष्ट्रिय मिलाप/शान्ति र अन्तर्राष्ट्रिय शान्तिका लागि काठमाडौँदेखि लुम्बिनीसम्मको Car Rally, धिमे बाजालाई प्रवर्द्धन गर्न भक्तपुरमा मिनिमेला, माध्यमिक विद्यालय स्तरीय विद्यार्थीहरूका लागि सडक सुरक्षा सम्बन्धी तालिम कार्यक्रम आयोजना गरिने घोषणा गर्नुहुंदै गभर्नरको यस वर्षको नारा ‘Unity in hands, Service in Hearts’ र अन्तर्राष्ट्रिय अध्यक्षको नारा ‘Rooted to Service’ लाई चरितार्थ गर्न सबैलाई आह्वान समेत गर्नुभयो। कार्यक्रममा अन्तर्राष्ट्रिय निर्देशक राजन लम्सालले सम्पूर्ण लाइनहरुलाई लायन वर्ष २०२६/२७ को लागि पदभार ग्रहण समेत गराउनुभयो । उक्त कार्यक्रममा मेरीगोल्ड मा वि भक्तपुरका विद्यार्थीहरूले नृत्यद्वारा मनोरञ्जन दिनुभएको थियो।

कार्यक्रमको दोश्रो शत्रमा लायन वर्ष २०२६/२७ को वार्षिक नीति, कार्यक्रम तय गर्न बसेको पहिलो डिस्ट्रिक्ट क्याबिनेट बैठकले लायन वर्ष २०२५/२६ का कोषाध्यक्षले सभा समक्ष प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गर्यो । त्यस्तै लायन वर्ष २०२६/२७ का सचिव स्मृति श्रेष्ठले प्रस्तुत गर्नुभएको सचिवको प्रतिवेदन समेत पारित गरियो भने क्याबिनेट अफिसरहरू GAT अफिसर लगायतले आ-आफ्नो प्रतिवेदन पेश गर्नुभयो र सहभागीहरूले विभिन्न विषयमा जिज्ञासा राख्नुभयो। बैठक पश्चात् गत जुलाईदेखि हालसम्म सम्पन्न कार्यक्रमहरूको लागि क्लबहरू र सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।











प्रतिक्रिया