काठमाडौं।
आयोजक ग्रिनफिल्ड र न्यु जेनिथले १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार जित हात पारेका छन् ।
बाफलस्थित घरेलु कोर्टमा ग्रिनफिल्डले अद्वित्यलाई १४–६ तथा न्यु जेनिथले जेसिसलाई ९–७ ले पराजित गरे । सिनियर गल्र्समै भ्याली पब्लिकले अरुणीलाई २७–२ र काठमाडौं भ्याली, स्युचाटारलाई ३१–२ तथा इडेन ब्रिज एकेडेमी (इबीए) ले आर्यालाई २६–१० ले हराए । भ्याली पब्लिककी सेलिना गुरुङले अरुणी विरुद्ध १० तथा काठमाडौं भ्याली विरुद्ध १२ स्कोर गरिन् । इबीएकी मेनुका मगरले ९ अंक बटुलिन् ।
जुनियर ब्वाइजमा ग्रिनफिल्ड ‘ए’ ले आफ्नै ‘बी’ टोलीलाई २१–९, नवीन ज्योतिले तेजस्वी एकेडेमीलाई १५–१०, महामञ्जुश्रीले केइएसलाई २६–२ र इबीएले काठमाडौं भ्याली, स्युचाटारलई २२–१० ले पाखा लगाए । सिनियर ब्वाइजमा न्यु जेनिथले ग्रिनफिल्ड ‘बी’ लाई २८–२६, केइएसले अद्वित्यलाई २६–२२ र क्षेत्रज्ञले काठमाडौं भ्यालीलाई ५५–४९ ले पन्छाए । न्यु जेनिथका नवीन देवकोटाले १४, केइएसका विपुल भुजेलले ६ अंक र क्षेत्रज्ञका रेमन स्याङतानले ४१ अंक जोडे ।
सिनियर ब्वाइजमा ३० तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १६–१६ टिम सहभागी छन् ।











प्रतिक्रिया