बुटवल उपमहानगरद्वारा करिब ४ अर्बको बजेट सार्वजनिक 

1.03k
Shares

बुटवल। 

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ८५ करोड रुपैयाँको आय अनुमान सहितको बजेट सार्वजनिक गरेको छ। उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले बुधवार नगर सभामा उक्त बजेट प्रस्तुत गर्नु भएको हो ।

बजेटमा कुल खर्चमध्ये चालुतर्फ ५२ प्रतिशत र पूँजीगततर्फ ४८ प्रतिशत रहने अनुमान गरिएको छ। प्रस्तावित बजेटको व्यय अनुमान अनुसार सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको छ।

बजेटको स्रोत व्यवस्थापनका लागि संघीय सरकारबाट संघीय समानीकरण अनुदानबापत २९ करोड २२ लाख, सशर्त अनुदान (चालु) तर्फ ५० करोड २५ लाख, सशर्त अनुदान (पूँजीगत) तर्फ रु. ७ करोड ४ लाख, विशेष अनुदान (पूँजीगत) तर्फ ९० लाख र समपूरक अनुदान (पूँजीगत) तर्फ  २० लाख प्राप्त हुने अनुमान छ। यस्तै, प्रदेश सरकारबाट प्रदेश समानीकरण अनुदानबापत  २ करोड ३ लाख ६५ हजार, सशर्त अनुदान (चालु) तर्फ  ५६ लाख ५० हजार, सशर्त अनुदान (पूँजीगत) तर्फ  १ करोड ७३ लाख, समपूरक अनुदान (पूँजीगत) बापत १ करोड ५० लाख र विशेष अनुदान (पूँजीगत) तर्फ रु. २० लाख प्राप्त हुने प्रक्षेपण गरिएको छ।