नेपाली हास्य अभिनयको दुनियाँमा खेसी जोडी नाम एक समय अत्यन्त लोकप्रिय थियो। मञ्च होस्, टेलिशृंखला होस् वा टेलिफिल्म, खेम शर्मा र शिवहरि पौडेलको जोडी खेसी जोडी देखिनेबित्तिकै दर्शक हाँसोले जुरुक्कै हुन्थे। तर अब त्यो जोडीको एउटा पाटो सधैंका लागि अस्ताएको छ। लोकप्रिय हास्य कलाकार खेम शर्माको अमेरिकामा निधन भएको छ।
झण्डै एक दशकदेखि परिवारसग अमेरिकामा बस्दै आएका शर्माले नेपाली समयअनुसार आइतवार बिहान ५ बजे बाल्टिमोरस्थित प्mयांकलिन स्क्वायरको मेडस्टार अस्पतालमा अन्तिम सास फेरे। एक वर्षअघि उनलाई गालाको क्यान्सर भएको पत्ता लागेको थियो। उपचार र शल्यक्रियापछि स्वास्थ्यमा सुधार देखिएस“गै उनी सामान्य जीवनमा फर्किएका थिए। उनका जोडी हास्य कलाकार शिवहरि पौडेलका अनुसार क्यान्सर विजेता भएपछि उनी आपै“m गाडी चलाएर हिँड्न सक्नेसम्मका भइसकेका थिए।
तर दुई साताअघि अचानक बान्ता भएपछि उनलाई अस्पताल लगियो। परीक्षणका क्रममा क्यान्सर फेरि बल्झिएको पत्ता लाग्यो। चिकित्सकको सल्लाहअनुसार अस्पतालमा भर्ना गरेर उपचार सुरु गरिए पनि उनलाई बचाउन सकिएन।
खेम नेपाली मनोरञ्जन क्षेत्रका त्यस्ता कलाकार थिए, जसले ठूलो प्रचारभन्दा आप्mनो अभिनयमार्फत दर्शकको मन जिते। उनले एक सयभन्दा बढी फिल्ममा अभिनय गरेका थिए। करोडपति, वसन्त ऋतु, आवारा, माया, छिमेकी (समयको डोरी), कान्छी नानी, घर आ“गन, बेइमानी, यस्तै हुन्छ पिरती, अप्सरा, परेली, नेपाली बाबु, फिलिम, घामछाया“, दुश्मन, गोठालो, धर्म, झझल्कोलगायतका फिल्ममा उनको अभिनय दर्शकले रुचाएका थिए। फिल्मभन्दा बाहिर टेलिभिजनमा पनि उनको उपस्थिति उत्तिकै बलियो थियो। चतुरेको दाउपेच, खुरापाती हाकिमलगायत १ सय ५० भन्दा बढी टेलिफिल्म, टेलिशृंखला र विज्ञापन भिडियोमा उनले अभिनय गरे। त्यस्तै, जोडी शिवहरी पौडेलका साथ देश विदेश पुगेर उनले सयौँ स्ेटज शोमार्पmत दर्शक रिझाए।
खेम र शिवहरिको नामको पहिलो अक्षर जोडेर बनेको खेसी जोडी नेपाली हास्य मनोरञ्जनको लोकप्रिय ब्रान्डजस्तै बनेको थियो। देशका विभिन्न सहरदेखि विदेशसम्म दुवैले सयौँ स्टेज शोमा दर्शकलाई हँसाएका थिए।
बाग्लुङमा जन्मिएका खेम कलाकार विद्यालयमा अध्यापन गर्थे। केही समय औषधी होलसेल व्यवसायमा पनि संलग्न रहे। तर अन्ततः अभिनयमै आप्mनो भविष्य देखेर यही क्षेत्रमा समर्पित भए। संघर्षबाट सुरु भएको उनको यात्रा नेपाली हास्य अभिनयको परिचित अनुहारका रूपमा स्थापित भयो।
दर्शकलाई हाँउनु सजिलो काम होइन। त्यो पनि दशकौँसम्म। खेमले यही कठिन कामलाई आप्mनो पहिचान बनाए। आज उनी भौतिक रूपमा हामीमाझ छैनन्, तर उनले सिर्जना गरेका पात्र, बोलेका संवाद र बाँडेका हाँसोहरू नेपाली दर्शकको स्मृतिमा लामो समयसम्म जीवित रहनेछन्। उनको परिवारमा श्रीमती, एक छोरा र एक छोरी छन्। खेमको निधनसँगै नेपाली हास्य अभिनयले एक सरल, मिहिनेती र लोकप्रिय कलाकार गुमाएको छ।











प्रतिक्रिया