काठमाडौँ ।
चितवनको घोप्टेभीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
नेपाल प्रहरीका अनुसार पहिरोका कारण सडकको दुवैतर्फको यातायात ठप्प भएको हो। पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
सडक अवरुद्ध भएपछि तिहार मनाउन घर फर्किँदै गरेका यात्रुहरू समस्यामा परेका छन्।











प्रतिक्रिया