जुम्लामा जीप दुर्घटना हुँदा एकाे मृत्यु,६ जना घाइते

0
Shares



कालिकाेट ।

मुगुबाट जुम्ला आउदै गरेको बोलेरो जीप दुर्घटना हुदा एक जनाको निधन भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दी गाउँपालिका १ चौथामा जुम्ला आउदै गर्दा (क) १ ज ००५४को बोलेरो जीप दुर्घटना भएको हो ।

प्रहरीको प्रारम्भिक जानकारी अनुसार शनिवार बेलुकी दुर्घटनामा एकजनाको मृत्यु भएको र अन्य छ जना सामान्य घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक चिरञ्जीवि दाहालका अनुसार दुर्घटनामा रुकुम पुर्व उत्तरगंगा गाउँपालिका १ स्थायी घर भई हाल कनकासुन्दरीबाट बिवाह गरेर बसेका अन्दाजी बर्ष ४२ का सुरज पुन मगरको घटनास्थलमा मृत्यु भएको हो ।

प्रहरीका अनुसार अन्य घाईतेलाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्समा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याईएको र उनिहरुको अवस्था सामान्य रहेको छ । प्रहरीका अनुसार बोलेरो जीपमा १६ जना ब्यक्ति सवार थिए र गाडि ब्रेक फेल भएर दुर्घटना भएको हो ।