बलियो स्टारकास्टसहित रेखा थापाको माया भनेकै यस्तो होला


अभिनेत्री रेखा थापाको निर्देशनमा माया भनेकै यस्तो होला नामक फिल्मको निर्माण भइरहेको छ। ८ वर्षपछि निर्देशनमा फर्किएकी रेखाको कमब्याक फिल्मका रूपमा हेरिएको फिल्ममा मदनकृष्ण श्रेष्ठदेखि सृष्टि श्रेष्ठसम्मको बलियो कलाकार लाइनअप छ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, दिल श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ, विनोद पौडेललगायतका कलाकारले अभिनय गरेका छन्। थुप्रै चर्चित अभिनेत्रीको उपस्थितिबीच फिल्ममा दिल श्रेष्ठ मुख्य नायकका रूपमा देखि“दैछन्। यो उनको तेस्रो फिल्म हुनेछ। यसअघि उनले रेखा थापासग ६ वर्षअघि प्रदर्शनमा आएको हिरो रिटन्र्समा सहकार्य गरेका थिए। त्यसअघि २०११ मा प्रदर्शन भएको पर्खी राख हैमा अभिनय गरेका थिए।

‘म यो बीचमा फिल्ममा काम नगरे पनि निरन्तर अपडेट छु। योपटक मैले अघिल्ला फिल्ममा गरेको कमजोरीलाई परिमार्जन गरेको छ’ दिल भन्छन्, ‘दर्शकले मेरो काम मन पराउनेमा म विश्वस्त छु। राम्रो टिम र नेपाली फिल्मका लेजेन्ड कलाकारस“गको सहकार्यले मलाई थप जिम्मेवार बनाएको छ। मदनकृष्ण श्रेष्ठ र रेखा थापाजस्ता कलाकारस“ग स्क्रिन सेयर गर्नु चुनौतीपूर्ण भए पनि मैले त्यसलाई अवसरमा रूपान्तरण गरेको छु।’

आगामी भदौ २६ गते तीजको अवसर पारेर रिलिजमा आउने फिल्म दिया एण्ड अमु फिल्मस्को ब्यानरमा हरिनारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठले निर्माण गरेका हुन्। फिल्ममा पटकथा ध्रुव लम्साल, संगीत प्रशान्त सिवाकोटी र छाया“कन सुदीप बरालको रहेको छ।