ओखलढुङ्गा ।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले स्वेच्छिक अवकाश लिन चाहने बालविकास सहजकर्तालाई तिन लाख रुपैयाँ उपदान दिने निर्णय गरेको छ । कार्यपालिकाको यही ज्येष्ठ २७ गते बसेको बैठकले २०८३ असार मसान्तसम्ममा स्वेच्छिक राजिनामा दिई सेवाबाट अलग हुने बालविकास सहजकर्तालाई उपदान दिने निर्णय गरेको हो।
स्वेच्छिक अवकाश लिन चाहने बालविकास सहजकर्ताको राजिनामा स्वीकृत गरी गाउँपालिकामा जानकारी पठाउनलाई पालिकामा रहेका सबै विद्यालयहरूलाई परिपत्र गरिएको सुनकोशी गाउँपालिकाले जनाएको छ ।
यसै गरी ६० वर्ष उमेर हद पारगरेका विद्यालय सहयोगी पदमा कार्यरत करारका कर्मचारीलाई समेत उपदान दिने निर्णय गाउँपालिकाले गरेको छ। कार्यपालिकाको यही असार ७ गते बसेको बैठकले ६० वर्ष उमेर हद पारगरेका विद्यालय सहयोगीलाई १ लाख रुपैयाँ उपदान दिने निर्णय गरेको पालिका प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राईले बताउनु भएको छ।











प्रतिक्रिया