काठमाडौं ।
अटोमोबाइल कम्पनी जीडब्लुएमले आफ्नो स्थापनाको ३५औँ वार्षिकोत्सवका अवसरमा अन्तर्राष्ट्रिय विस्तार र बिक्रीसम्बन्धी महत्वपूर्ण उपलब्धिहरू सार्वजनिक गरेको छ। कम्पनीले हालसम्म विश्वभर १ करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जनाएको छ।
कम्पनीका अनुसार सानो स्वदेशी अटोमोबाइल उत्पादकका रूपमा सुरु भएको जीडब्लुएम अहिले विश्वका १७० भन्दा बढी देशमा विस्तार भइसकेको छ। मध्यपूर्वबाट सुरु भएको यसको अन्तर्राष्ट्रिय यात्रा युरोप, अष्ट्रेलिया, दक्षिण अमेरिका, युरेसिया, थाइल्यान्ड, जर्मनी, ब्राजिल र मेक्सिकोसम्म फैलिएको छ।
जीडब्लुएमले स्थानीय उत्पादन, स्थानीय सञ्चालन तथा विश्वव्यापी आपूर्ति शृङ्खलाको एकीकरणमार्फत विभिन्न बजारमा आफ्नो उपस्थिति मजबुत बनाउँदै आएको जनाएको छ। कम्पनीले प्रविधि र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै आफ्ना प्रमुख ब्रान्डहरू हाभाल, वे, ट्यांक, ओरा, पोअर
मार्फत विश्व बजारमा प्रतिस्पर्धा गरिरहेको छ।
कम्पनीका अनुसार हाभाल सबको विश्वव्यापी संचयी बिक्री ५० लाख युनिट नाघिसकेको छ। साथै, नयाँ ऊर्जा र अफ–रोड प्रविधिमा गरिएको लगानी तथा Hi4 प्रविधिको विकासले कम्पनीलाई स्मार्ट र दिगो मोबिलिटी क्षेत्रमा थप बलियो बनाएको छ।
जीडब्लुएमको इलेक्ट्रिक ब्रान्ड ओंआरएले आफ्नो रेट्रो–फ्युचरिस्टिक डिजाइनका कारण अन्तर्राष्ट्रिय स्तरमा विभिन्न डिजाइन अवार्डसमेत प्राप्त गरेको कम्पनीले जनाएको छ।
कम्पनीले हालै “ हरेक यात्रालाई रमाइलो बनाउने प्रविधि” भन्ने नयाँ ब्रान्ड अवधारणा सार्वजनिक गर्दै प्रविधिमार्फत ग्राहकलाई सुरक्षित, सहज र आधुनिक यात्रा अनुभव प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ।
यसैबीच, जीडब्लुएमले नेपाली बजारमा पनि आफ्नो उपस्थिति विस्तार गरेको छ। नेपालका लागि आधिकारिक आयातकर्ताको रूपमा लक्ष्मी ग्रुपले जिम्मेवारी सम्हालेको छ। कम्पनीले निकट भविष्यमा नेपाली बजारमा नयाँ इलेक्ट्रिक सुब सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ।
कम्पनीका अनुसार नेपालमा जीडब्लुएमको प्रवेशले दक्षिण एसियाली बजार विस्तार रणनीतिलाई थप मजबुत बनाउनुका साथै नेपाली अटोमोबाइल क्षेत्रमा नयाँ विकल्प थप्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया