लागुऔषधसहित २० जना पक्राउ


काठमाडौँ ।

नियमित गस्तीमा खटिएको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराबाट पक्राउ परेका हुन्।

प्रहरीले उनीहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ट्रामाडोललगायत नियन्त्रित औषधि बरामद गरेको जनाएको छ। पक्राउ परेका उनीहरूलाई शुक्रबार र गत बिहीबार विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।