कावासाेती साईक्लिङ्ग ग्रुपकाे दाेश्राे अधिवेशन

0
Shares


नवलपरासी ।

पूर्वी नवलपरासी स्थित कावासाेती साईक्लिङ्ग ग्रुपकाे तेस्रो साधारणसभा तथा दाेस्राे अधिवेशन शुक्रबार कावासाेतीमा सम्पन्न भयाे ।
स्थानीय पानस व्याङ्केटकाे मनकामना हलमा भएकाे अधिवेशनले अध्यक्ष अजय श्रेष्ठ सहित १३ सदस्यीय कार्य समिति चयन गरेकाे छ ।


आगामी ३ वर्षका लागि सर्वसम्मत रूपले निर्वाचित कार्य समितिकाे उपाध्यक्षमा यज्ञ बहादुर जिसी,सचिव फणीन्द्र थापा मगर,सहसचिव श्याम लम्साल र काेषाध्यक्षमा मदन थापा क्षेत्री रहेकाछन् ।

यसरी नै सदस्यहरूमा सागर कुवंर,बुद्धि बस्नेत,रूपा काफ्ले,गणेश पाण्डे,पिपाराम सुनार,राजु सदाशंकर,खड्ग बहादुर श्रेष्ठ र राजु सुवेदी चयन भएकाछन् ।

पर्यावरण संरक्षण,शारीरिक तन्दुरुस्ती एव धुवा ध्वनि प्रदुषण  रहित समाजकाे निर्माणमा काेशेढुङ्गा सावित भएकाे साईकल राइडिङ्ग क्रियाकलापमा कावासाेती साईक्लिङग ग्रुप देशमै अब्बल मानिन्छ ।

समय समयमा वातावरण सरसफाई,सडक प्रयाेग सम्वन्धि जनचेतना,काेरा साईक्लिङ जस्ता गतिविधि कावासाेती साईक्लिङ्ग ग्रुपले विगत देखि गर्दै आएकाे छ ।