लिपमोटर बी०३ एक्स नेपालमा सार्वजनिक


काठमाडौं।

नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै लिपमोटर बी०३ एक्स नेपाली बजारमा सार्वजनिक गरिएको छ। लिपमोटरको नेपालका लागि आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले उक्त मोडल सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार बी०३ एक्सको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। पहिलो १०० ग्राहकका लागि भने ४४ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्ने घोषणा गरिएको छ।

गाडीमा १४५ किलोवाटको मोटर र ५३ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ। कम्पनीले एकपटक पूर्ण चार्ज गर्दा ५०० किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरेको छ।

बी०३ एक्समा १८ इन्च एलोय ह्विल, १४.६ इन्च २.५के एचडी टचस्क्रिन, लेभल–२ एडीएएस तथा ५१० लिटरको बुट स्पेसलगायतका सुविधा छन्। यो मोडल दुई भेरियन्टमा उपलब्ध हुने र ब्याट्री क्षमता तथा सुविधामा केही भिन्नता रहने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार लिपमोटरले यस वर्षको जुनमा मात्रै ९३ हजार ३७६ युनिट बिक्री गर्दै कीर्तिमान कायम गरेको छ। नेपालमा बी०३ एक्स किफायती एसयूभी सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बन्ने कम्पनीको अपेक्षा छ।