काठमाडौं ।
नेपाल विद्युत् प्राधिकरणले भूमिगत केबल जडान, पोल तथा स्ट्रक्चर फिटिङ र फिडर मर्मतका कारण काठमाडौंका विभिन्न क्षेत्रमा शनिबार र आइतबार विद्युत् आपूर्ति बन्द हुने जनाएको छ।
शनिबार भीमसेनस्थान फिडरअन्तर्गत टेकू, ह्युमत, जैसीदेवल, काष्ठमण्डपलगायत क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ। यस्तै, डिल्लीबजार फिडरअन्तर्गत कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडकलगायत क्षेत्रमा दिउँसो १२ बजेदेखि ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।
आइतबार लाजिम्पाट फिडरअन्तर्गत लैनचौर, खुर्सानीटार, लाजिम्पाट मेन रोड, र्याडिसन होटेललगायत क्षेत्रमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।
प्राधिकरणका अनुसार तोकिएको काम समयअगावै सम्पन्न भएमा विद्युत् सेवा पनि सोहीअनुसार छिट्टै सुचारु गरिनेछ।












प्रतिक्रिया